Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

काँग्रेस ताप्लेजुङद्वारा उम्मेदवारको टुंगो



१ कात्तिक, ताप्लेजुङ   : नेपाली काँग्रेसले ताप्लेजुङबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ ।

मंगलबार बसेको काँग्रेस संसदीय समितिको बैठकले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको हो । बैठकको निर्णयअनुसार प्रदेशसभाअन्तर्गत क्षेत्र नं १ मा लीलादेवी बोखिम र २ मा दीपेन्द्रकुमार सेन्दाङलाई उम्मेदवार बनाउने भएको छ भने प्रतिनिधिसभामा केशवप्रसाद दाहालको नाम टुंगो लागेको छ ।

यता, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनमा एमालेका सचिव योगेश भट्टराईले उम्मेदवारी दिने सहमति भएको छ । यस्तै प्रदेशसभाका दुई क्षेत्रमध्ये क्षेत्र नं १ मा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका बलबहादुर साम्सोहाङ र २ मा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला