back

झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

वि.सं.२०७४ कात्तिक २ बिहीवार

342 

shares
GLOBAL IME AD
NTC AD
k"mn /]vb]v ub}{ Joj;foL ltxf/ cl3g} k"mn k"mn]sfn] lrlGtt kf]v/f–!& lj/f}6fsL Ps k"mn Joj;foL . tl:a/ M xl/ af:tf]nf, kf]v/f, /f;;
—सन्तोष शर्मा 

२ कात्तिक, बनियानी, झापा : पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले झापामा तिहारका लागि यस पटक रु एक करोड बराबरको फूल आयात हुने जानकारी दिनुभयो ।

“झापामा मागअनुसारको १० प्रतिशत पनि फूल उत्पादन हुँदैन”, रासससँग उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा फूलखेती नहुँदा वर्षेनी मोटो रकम भारत जाने गरेको छ ।” उहाँले फूलको व्यावसायिक खेतीका लागि किसानलाई सरोकारवाला निकायले प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने जोड दिनुभयो ।

त्यस्तै, जिल्लामा तिहारको प्रयोजनका लागि रु १० करोड बराबरको झिलिमिली बत्ती आयात भएको केन्द्रीय सदस्य डालमियाले जानकारी दिनुभयो । “चीनबाट एलइडी बल्ब भएको झिलिमिली बत्ती बढी आयात हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसको माग बजारमा बढी छ, यो ‘युज एण्ड थ्रो’ किसिमको हुन्छ ।”

भारतबाट पनि अत्यधिक मात्रामा झिलिमिली बत्ती आयात हुने गरेको छ । नेपाली उपभोक्ताले भारतको सीमावर्ती बजारबाट पनि सोझै फूल र झिलिमिली बत्ती किनेर ल्याउने गरेका छन् । नेपाली बजारभन्दा सस्तो हुने भएपछि उनीहरु किनमेलका लागि त्यता जाने गरेका हुन् ।

यता, फूलको व्यावसायिक खेती नहुँदा र गाउँघरमा लगाइएको फूल पनि पर्याप्त मात्रामा नफूल्दा यस वर्ष झापामा फूलको अभाव देखिएको छ । भद्रपुर नगरपालिका–८ की कल्पना पाण्डेले अघिल्लो वर्षझैँ आफूले फूल लगाए पनि छिटफुट रुपमा मात्र फुलेको बताउनुभयो । “लक्ष्मी पुज्नदेखि भाइटीकासम्म फूल नभई हुँदैन”, उहाँले भन्नुभयो, “बजारमा पनि फूलको मूल्य बढेको छ ।

घर–आँगनमा सयपत्री फुलेर तिहारको पूर्व संकेत गर्ने गरेपनि यस वर्ष त्यस्तो नभएको सोही स्थानकी बिना श्रेष्ठले बताउनुभयो । “घरलाई चाहिने पुगेर पनि छिमेकीलाई थोरबहुत दिन पुग्थ्यो”, उहाँले भन्नुभयो, “यसपालि त के भयो फूल नै राम्ररी फुलेन ।”

अघिल्लो वर्ष प्रतिमाला रु २० देखि ५० सम्म खरिद गरिएको फूल यस वर्ष रु ८० देखि १०० सम्म पर्ने गरेको छ । पर्याप्त मात्रामा फूल उत्पादन नभएपछि यहाँका व्यापारीले प्लास्टिकको फूल बढी आयात गरेका छन् । बिर्तामोडका व्यवसायी दीपक शाहले सयपत्री फूल नहुँदा भारतबाट प्लास्टिकको माला ल्याएर बेचिरहेको बताउनुभयो । (रासस)

वि.सं.२०७४ कात्तिक २ बिहीवार ०६:४९ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी...