Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

डडेल्धुराका ऐतिहासिक क्षेत्र ओझेलमा



२ कात्तिक, डडेल्धुरा  (रासस) : डडेल्धुरामा रहेका अधिकांश ऐतिहासिक क्षेत्र ओझेलमा परेका छन् । उचित मर्मत सम्भार र प्रचारप्रसारको अभावमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र ओझेलमा परेका हुन् ।

सदरमुकाममा रहेको अमरगढी किल्ला, अजयमेरु कोट, अजयमेरु गाउँपालिकाको देवलमा रहेका देवल, आलिताल गाउँपालिकाको धार्मिक तथा पर्यटकीय आलिताल, अमरगढी नगरपालिका–७ मा रहेको रावल तोली गुफा, गन्यापधुरामा रहेको गन्यापताललगायत दर्जनौँ ऐतिहासिक पर्यटकीय क्षेत्र लोप हुने अवस्थामा पुगेका छन् ।

जिल्लाका विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा धार्मिक क्षेत्रको सम्भार तथा प्रवद्र्धन नगर्ने हो भने अजयमेरु कोट रावलतोली गुफा जस्तै नासिँदै जाने अवस्था छ । राजा नागी मल्लले डोटी राज्य सञ्चालन गर्नका लागि गृष्मकालीन समयमा बसोबास गर्नका लागि निर्माण गरेको अजयमेरुकोट तथा कोटमा रहेका गुफा, दरबार, तबेला, न्वालालगायतका संरचना जीर्ण अवस्थामा छन् ।

स्थानीय र सरकारी निकायले ध्यान नदिँदा पर्यटकीय क्षेत्र ओझेलमा परेका भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट बताउनुहुन्छ । तत्कालीन बडाकाजी अमरसिंह थापाले विसं १८४७ मा निर्माण गरेको अमरगढी किल्लाको भित्री भाग जीर्ण भइसकेको छ । काजी अमर सिंहले यसै किल्लाबाट महाकालीपारिको विजयी अभियान शुरु गरेको किंवदन्ती छ ।

किल्लामा रहेका वंकर, गुफा जीर्ण भइसकेका छन् भने त्यहाँ रहेका पुराना हातहतियार तोप, बन्दुक, भोटे ताल्चा, भाला, खुँणा हराइसकेका छन् । मर्मत सम्भार र प्रचारप्रसार नगर्दा ऐतिहासिक पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएका अमरगढी–५ खलंगाका स्थानीयवासी तथा पर्यटन विकास समितिका अध्यक्ष सुदाम थापाले बताउनुभयो ।

अमरगढी किल्लाभित्रका सामग्री पुनःनिर्माणमा कसैले चासो नदेखाए पनि किल्ला बाहिर भने घेरबार लगाउने कामको शुरुवात भइसकेको छ । अजयमेरुकोटमा वर्षेनी लाखौँ रुपैयाँ खर्च हुने भए तापनि त्यसको सही सदुपयोग हुन सकेको छैन । बरु देवल रहेका स्थानमा स्थानीयवासीले जग्गा अतिक्रण गर्ने, दरबारमा रहेका ढुंगा, कलात्मक वस्तु नासिँदै र हराउँदै गएको छ ।

त्यसैगरी, परशुराम नगरपालिकामा रहेको चारधाममध्येको एक मानिने परशुराम धामको प्रवद्र्धन गर्नका लागि बजेट निकासा भएको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी दिनुभयो । परशुरामधामसम्म पुग्ने बाटो कालोपत्र गरी प्रचारप्रसार गर्ने हो भने आन्तरिक र बाह्य पर्यटकले भरिभाराउ हुने साउदको भनाइ छ । उक्त धाम धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

पर्यटकीय सम्भावना बोकेका भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन सकेका छैनन् । समयमै यी ऐतिहासिक क्षेत्रको मर्मतसम्भार गर्न नसके लोप हुन सक्ने खतरा बढेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा