Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

हेटौंडामा रिक्सा दुर्घटना परि गर्भवतीसहित दुईको अवस्था गम्भीर



३ कात्तिक, हेटौँडा । मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा विहिबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिनुभयो ।

ना१ह ९३५१ नंको अटो दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया वसन्ती बम्जन गम्भीर घाइते हुनुभएको छ । घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी सोही वडाकी २१ वर्षीया बिन्दु बम्जन, २५ वर्र्षीय विजय स्याङ्तान र वडा नं ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन् । उहाँहरुको चुरे हिल हस्पिटलमा उपचार जारी छ ।

हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तर खोल्चामा खसेको थियो । अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे हाल फरार रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।