Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

दुइ कदम संगै हिडौ छुट्टिनु त छदै छ साथि 



dilliram-ammai
डिल्लीराम अम्माई, बेल्जियम

सबै एनआरएनहरुले एक संकल्प सहित आफ्ना सन्तति र आफ्नो भविष्यको लागि अब नयाँ शिराबाट नयाँ अभ्यास शुरु गरौ । स्वर सम्राटले भनेझै “रात त्यसै ढल्कँदै छ , एनआरएनको कुरा गर, योजनाको कुरा गर ।”

आखिर मृत्यु कसैलाई पनि छोड्दैन । चाहे त्यो धनि होस्, माथिल्लो ओहदामा पुगेको अभियन्ता होस्, नेता होस् वा गरिब, अपाङ्ग, रोगी र सिमान्तकृत वर्कको किसान नै किन नहोस । तर बाचुन्ज्याल सबैसंग मिलिजुली गरेर भाबना र समबेदना समेत एक आपसमा बाडेर बस्दा अबश्य आनन्द आउँछ । स्वर सम्राट नारायण गोपालले गाएको गीतको मूल भावमा रहेर राखिएको शिर्षकबारे यो बाहेक अर्को अर्थ निकाल्न सकिदैन ।

हामी अहिले दुर परदेशमा बसेका छौ । सकी नसकी हामीले आँफुलाई यहाको सामाजिक प्रवाहमा मौलिक संस्कृति, बिचार र माटो प्रतिको कर्तव्यलाई बचाएर समाहित गराउदै लगेका छौं । आन्तरिक रुपमा नेपाली समाजलाई संगठित गर्दै पनि लागेका छौं । अव्यस्थित नै भएपनि सामाजिक गतिविधिहरुलाई आफ्नो नेपाली मौलिकता दिने प्रयत्न समेत गरेका छौं । यहाँको दोश्रो तेश्रो पिढीका सन्ततिहरुलाई ब्याक्तिगत रुपमा भएपनि नेपाली भाषा र संस्कृतिसंग परिचित गराउने जमर्को गरेका छौं । त्यो अत्यन्त प्रसंसनिय तर अनिबार्य कार्य हो । त्यसलाई अहिलेसम्म साझा संगठनको अबधारणा सहित सन् २००३ बाट स्थापित एनआरएनएले कुन रुपमा सम्बोधन गर्नु पर्थ्यो र गरिरहेको छ त्यो छलफलको बिषय बनाउनु जरुरी देखिन्छ ।

अर्को तर्फ एनआरएनएले अहिलेसम्म आठौँ महाधिवेशन गरिसकेको छ । यो अधिवेसनको बन्दसत्र भित्र नेपाली समाजको आन्तरिक र बाह्य सम्बन्ध र समाज भित्रका प्रमुख समानता र अन्तरविरोधहरूबारे समीक्षात्मक बहस केन्द्रित हुनु जरुरी थियो । गैरआबासीय नेपाली संघको आठौ महाधिबेशनको बन्दसत्रमा डायस्पोराको नेपाली समाजलाई ब्यबस्थित गर्नकोलागि यी मत्वपुर्ण सवालबारे त्यति बहस नपुगेको गुनासाहरु सुन्नमा आएका छन् । तर त्यसलाई प्रत्यक देशका क्षेत्रीय र राष्ट्रिय परिषदहरुले क्रमश सम्बोधन र हाल खोज्दै जान जरुरी छ ।

ति सबै समस्याहरु हाम्रो परिवारसंग र उनीहरुको सांस्कृतिक बृति बिकाससंग जोडिएर आउछन । त्यसैले अब सबै संगै हिड्नुको विकल्प हामीसंग छैन । कुनै बेला संस्थालाई गालि पनि गर्छौ, चित्त दुखाउछौँ किनकि हामी कुनै न कुनै रुपमा त्योसँग जोडिएका छौ । आशा गर्छौ र त यो गरेन, त्यो गरेन भनेर आरोप लगाउछौं । मान्छे आशा नगरिएको संस्था वा ब्याक्ति प्रति निरपेक्ष बस्दछ । त्यो संस्थाको लाभ हानीले उसलाई डस्दैन भने त्यो संस्था प्रतिको उसको प्रतिक्रिया पनि सुन्य हुन्छ ।

अर्को कुरा अहिले अधिवेशनले अन्तराष्ट्रिय समिति निर्वाचित गरिसकेको छ । मत परिणाम हेरेर क्रिया प्रतिक्रियाहरु सार्वजनिक संजाल र अन लाइनमा देख्न सकिन्छ । त्यो कुन हदसम्म स्वाभाविक हो वा हैन आफ्नो ठाउँमा होला । हार्नेले किन हारे जित्नेले कसरी जिते वा मतदाताको मनोविज्ञान कस्तो रह्यो ? सबै प्रतिक्रियाहरुको आफ्नो ठाउँमा महत्व पनि रहला । तर चुनाबको परिणामलाई हेरेर संगतको निर्धारण गर्ने, जित्नेले हार्नेको सबल पक्षलाई अभियानमा समाहित नगर्ने र हार्नेले असहयोगको मनोरोगलाई पालियो भने हामी कहिँ पनि पुग्न सक्ने छैनौं । आफ्ना हारहरुलाई प्रतिनिधिहरुको जिम्मा लगाइदिदा आफ्ना सन्तप्त पिडा केहि क्षणका लागि धिमा होलान । तर त्यस खालको प्रवृतिले हाम्रो संस्थागत बिकास र समाज बिकासको चक्रिय सन्तुलनलाई अकल्पनीय क्षति पुर्याई रहेको हुन्छ । त्यसैले हामी त्यो हारजितको प्रतिसोधपूर्ण मनोदशाबाट उत्रनु श्रेयष्कर हुन्छ । बिध्वानहरुले अक्सर भनेको सुनिन्छ ,”आफ्ना गल्ति औल्याइदिने ब्याक्ति र त्यो अनुरुप सजाय दिने समाजलाई आफ्नो सहृदयी बनायौ भने कुनै पनि पहाडको चुचुरोमा पुग्नलाई भाग्यले पनि रोक्न सक्दैन ।”

तर नेपाली डायस्पोरामा हामीहरुको सोच त्यो भन्दा भिन्न छ । जसले आफ्नो जुनसुकै कार्यको अन्ध समर्थन गर्छ त्यसलाई नै आफ्नो हितैसी मानिन्छ । आफ्ना साना ठुला कमि कमजोरीहरुलाई प्रष्ट्याई दिने ब्याक्ति, समूह वा टिप्पणिकार सधैकालागी सत्रु मानिन्छ । त्यो गलत मनोविज्ञानलाई नचिरेसम्म हरेक सफलताहरु आफ्नो पक्षमा आउन असमर्थ हुन्छन ।

चुनाबको वरपरका सबै दृश्यहरुको विश्लेषण गरियो र सबै तिरबाट धेरै कुराहरु आए । गैरआबासीय नेपाली संघको आठौ महाधिबेशनले गरेको चुनाब सहित सबै चुनाबहरु, नेतृत्व चयनका अन्य प्रक्रियाहरूमा चेतनशील मतदाताहरुले पहिल्यै एउटा दृष्टिकोण बनाइसकेका हुन्छन । त्यसमा उमेद्वारको सर्वाङ्ग समिक्षा मात्र हैन, उसका पुराना सोच,कार्य शैली र बिगतमा गरेका राम्रा नराम्रा कामहरुको समिक्षा पनि समेटिएको हुन्छ ।

परिणाम नचिताएको आयो भन्ने केहीलाई लागेको हुनसक्छ, त्यो खालको प्रतिक्रिया पनि सुनियो तर त्यो कदापि हैन । स्वाभाविक बिकासक्रमको क्रमबद्धतालाई पछ्याएर जाँदा, पुरानो योग्यता र बिरासतहरुलाई सम्मान गरेर जाँदा, समयको आवाजलाई बुझेर जाँदा र विषमताका साँघुरा दायरालाई नाघेर जाँदा प्राय परिणाम सकारात्मक उन्मुख हुन्छ । बिषेस परिस्थितिमा गरिने क्रमभंग भनेका क्रमिक गतिको योगले गुणात्मक रुपमा परिवर्तन चाहेको बेला बाहेक अनुत्पादक हुन सक्छ । आखिरी गैर आबासीय नेपाली संघको आठौ महाधिबेशनमा क्रमभंगको प्रयासलाई मतदाताले साथ् दिएनन । जसले निबर्तमान अध्यक्षको अतुलनिय समर्पणमा थोरै दाग लगाइदियो भने हार्नेको सम्भावित बिजयको पर्खाइलाई बर्षौ पर धकेलिदियो । अब समय चक्रले अर्को कार्यकालको रुपलाई अनेत्रै मोडी दिन सक्छ । नेतृत्वको लागि अदम्य अभ्यास र क्षमता सहित नयाँ उमेद्वार प्रवेश गर्ने द्वारलाई चाहेर पनि कसैले रोक्न सक्दैन ।

त्यसैले भनिन्छ, समय ब्यक्तिको चाहना भन्दा बलवान हुन्छ । जसले समय र युगको आवाज सुन्न र बुझ्न सक्दछ त्यो योग्यतामा अब्बल र अभ्यस्त बन्दै जान्छ भने आवेग र मनोगत निर्देशनमा बिश्वास गर्नेको अनिष्ट प्रति सहानुभूति मात्र राख्न सकिन्छ ।

यी सबै प्रसङ्ग गैरआबासीय नेपाली संघको आठौ महाधिबेशनमा भए गरेका अनेकन प्रयाससंग जोड्न खोजिएको हो । त्यसले धेरैलाई अनुभूतिजन्य अनुभब र भबिस्यको लागि शिक्षा दिएको छ । त्यस्ता धेरै तथा बहुआयामिक समिक्षाहरु छन् । खर्चिला अभ्यासको बिरुद्ध त अब अभियान नै चलाउनु पर्ने जरुरी छ । आर्थिक क्षमता मात्रले अन्य क्षमतालाई अभियानमा मौन निषेध नै गरेको छ । त्यो सम्मेलनको किनबेच हुने संस्कार अदृश्य नियमको रुपमा बिकसित हुने खतरा झन् जब्बर बन्ने लक्षण देखिएको छ ।

यो चुनाबबाट धेरै सिक्नुपर्ने आगामी गृहकार्य युरोपका अभियन्ताहरुले दिए । यहाँ पनि मनोगत आवेगमा चल्ने अती महत्वाकांक्षी उमेद्वारहरुको अवस्था उदेकपूर्ण रह्यो । समयको गती र मतदाताहरुको ढुकढुकीलाई स्पर्स गरेर खेलीएका कुटनैतिक दाउपेच मात्र सफल हुन्छन दुनियामा । नत्र कामना नगरिएको परिणाम मात्र हात लाग्छ । त्यहि कारण जन सम्पर्क समिती सम्बद्ध युरोपका उमेद्वारहरु अहिले सडकमा डाँको छोडेर रुने अवस्था आएको छ । त्यो अवस्था आउनुको मुख्य कारण आपसी तालमेल र सहयोजनाको अभाबको साथै आफ्नै साथीहरु बिचको अविस्वासपूर्ण वातावरण हो भनिन्छ ।

केहि समय अघिको कुरा हो, कान्तिपुर टेलिभिजनका पत्रकार दिल भुषणले गैरआबासीय नेपाली संघको आठौ महाधिबेशनबाट नबनिर्वाचित अध्यक्ष भवन भट्टलाई अन्तर्वार्ताको क्रममा एनआरएनको नेपालमा लगानीबारे एउटा प्रस्न सोधेका थिए । उत्तर दिने क्रममा अध्यक्षलाई अलिक बढी बल गर्नु पर्यो । उनले केहि डायस्पोराका ब्याबशायीहरुले गरेका ब्यक्तिगत लगानी बाहेक उल्यख्य उदाहरण दिन सकेनन । अवस्था उनले बताए जस्तै हो । लगानी नभएको हैन भएको छ तर सामुहिक रुपमा डायस्पोराका साना ठुला सबै समेट्ने गरि लगानी गर्ने प्रयास गरिएको छैन । पन्ध्र बर्षे संस्थाको उमेरमा लगानीको क्षेत्रमा त्यो न्युन नै हो ।
एनसीसीहरुले पनि डायस्पोराको नेपाली समाजलाई दिएको योगदानमा समाजको आन्तरिक ब्यबस्थापन, राहतको लागि गरिएका आन्तरिक तथा बाह्य संस्कारगत र परोपकारी अल्पकालिक उद्दार बाहेक उल्यख्य योजना देखिएनन ।

अब सबै एनआरएनहरुका हातहरु एउटै हात माथि राखेर आन्तरिक समाजको उन्नत ब्यबस्थापनमा सहयोग पुर्याउने,समाज भित्रका अबयबहरु बीच सन्तुलन कायम राख्दै आन्तरिक एकता मजबुद बनाउने,दोश्रो वा तेश्रो पिंढी सम्मिलित सामुहिक सांस्कृतिक पाठशालाको बिकास , सामुहिक टेक्नोलोजी पैठारी ,सामुहिक प्रयटन प्रबर्धनको लागि अनुभब आदान प्रदान गर्ने बेला आइसकेको छ ।

अन्त्यमा पबित्र राष्ट्रप्रेमी मनोविज्ञान निर्माणको साथै आपसी मैत्रीपुर्ण एकता सहित मुर्त योजनाहरु कार्यान्वयन गर्दै सामुहिक लगानीको वाताबरणको लागि सबै लाग्नु आवस्यक छ । सबै एनआरएनहरुले एक संकल्प सहित आफ्ना सन्तति र आफ्नो भविष्यको लागि अब नयाँ शिराबाट नयाँ अभ्यास शुरु गरौ । स्वर सम्राटले भनेझै “रात त्यसै ढल्कँदै छ , एनआरएनको कुरा गर, योजनाको कुरा गर ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा