३ कात्तिक, काठमाडौँ । बेल्जियमको ब्रसेल्समा व्यवसाय गर्दै आएका समाजसेवी तिवारी दम्पतीले पर्वतका २ विद्यालयलाई कम्प्युटर, प्रिन्टर तथा अन्य शैक्षि सामाग्री प्रदान गरेका छन् ।
पर्वत जिल्ला पैयुँ गाउपालिका वडा नं ६ स्थायी घर भएका कृष्ण तिवारी तथा उनकी धर्मपत्नी दुर्गाकुमारी शर्मा (तिवारी) ले पर्वतका २ विद्यालय लक्ष्मी भवन प्रावि तथा यज्ञेश्वर निमाविलाई कम्प्युटर तथा प्रिन्टर मेसिन तथा अन्य शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
विद्यार्थीहरु सुचना प्रविधिको पहुँचमा पुग्न सकुन्, आधुनिक प्रविधिको उपभोग गर्न सकुन् भन्ने मनशायले यसप्रकारको सहयोग गरेको समाजसेवी तिवारीले सन्सारन्युज डटकमलाई बताए ।
यसै गरि यज्ञेश्वर निमाविका प्रध्यानाध्यापक चक्रपाणि शर्माले तिवारी दम्पतीको सहयोगप्रति निकै आभारी रहेको बताए ।
यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका समाजसेवी तिवारीले आगामी दिनमा यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताए ।
वि.सं.२०७४ कात्तिक ३ शुक्रवार १०:१० मा प्रकाशित




























