Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतीयलाई



४ कात्तिक, नवलपरासी । नवलपरासीमा जारी अन्तरराष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिताको उपाधि भारतका शैलेश पहलवानले हासिल गरेका छन् ।

नवलपरासीको प्रतापुर गाउँपालिका वडा नं ७ गुठी सूर्यपुरामा शुक्रबार आयोजित विराट दंगल प्रतियोगिता शैलेश सो उपाधि जित्न सफल भएका हुन् । प्रथम उपाधिका लागि भारत, गोरखपुरका शैलेश र भारतकै महराजगञ्जका बल्ले पहलवानबीच प्रतिस्पर्धा भएको थियो । शैलेशले रु पाँच हजारसहित पदक र द्वितीय हुने बल्लेले रु तीन हजार र पदक प्राप्त गरेका छन् ।

लक्ष्मी पूजा समिति गुठी सूर्यपुराको आयोजनामा भएको प्रतियोगितामा विजयी कुस्तीबाजलाई निवर्तमान सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त प्रतियोगितामा २० पहलवानले प्रतिस्पर्धा गरेका गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।