Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

बैतडीमा उम्मेदवारको टुंगो लाग्यो



४ कात्तिक, बैतडी  (रासस) : पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि बैतडीका मुख्य राजनीति दलका तर्फबाट उम्मेद्वारको टुंगो लागेको छ ।

प्रदेश सभाका लागि एमाले र माओवादी केन्द्रका तर्फबाट एक एक जना तथा प्रतिनिधि सभाका लागि एमाले उम्मेदवारलाई छनोट गरिएको छ ।

प्रतिनिधि सभाका लागि एमालेका दामोदर भण्डारीलाई तथा प्रदेश सभाअन्तर्गत क्षेत्र नं १ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ बाट एमालेका लीलाधर भट्टलाई उम्मेदवार छनोट गरिएको नेकपा एमाले बैतडीले जनाएको छ ।

यसैगरी, नेपाली काँग्रेसले राप्रपासँग गठबन्धन गरेर उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधि सभाका लागि काँग्रेसबाट नरबहादुर चन्द तथा प्रदेश सभाका लागि क्षेत्र नं १ बाट काँग्रेसका हरिमोहन भण्डारी र क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दलाई उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस बैतडीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट