Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्रीद्धारा निर्वाचन सफल पार्न अपिल



deuba५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न सम्पूर्ण नेपालीको सहभागिता हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न अपिल पनि गर्नुभयो ।

प्रधानमन्त्री देउवाले दीपावलीले देशमा अमनचयन, शान्ति र समृद्धि ल्याओस् भनी कामना पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “देउसीभैलो टोली मेरो निवासमा आएर भैलो गाएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु, त्यस्तै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा पनि हार्दिक शुभकामना छ, मुलुकमा अमनचयन, शान्ति ल्याउने कुरामा नेपाल अघि बढोस् मेरो यही शुभकामना छ ।”

प्रधानमन्त्री देउवाले निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा