
दोहा कतार। पर्वत सेवा समाजले भलीवल प्रतीयोगीता सम्पन्न गरेको छ ।
२० अक्टोबरका दिन आयोजना गरिएको सो प्रतियोगिता दुई दिनसम्म चलेको थियो । १४ टिम बाट सुरु भएको प्रतीयोगीतामा प्रतिस्पर्दा गर्दै पहिलो दोस्रो र तेस्रो दावेदार टीमले प्रमाणपत्र मेडल तथा नगद राशी हात पारेका थिए । जसमा पहिलो हुने टिम पर्वत (ए) नगद २५००|- कतारी रियाल प्रमाणपत्र मेडल, दोस्रो विजेता पर्वत (बी) कतारी रियाल १५००|- प्रमाणपत्र मेडल, तथा तेस्रो स्थान हासिल गर्ने टिम मगर संघले पनि कतारी रियाल १०००|- प्रमाणपत्र मेडल हात पार्न सफल भएका हुन् ।
प्रतियोगीता औपचारिकरुपमा घोषणा सभाका अध्यक्षता चिन्तपणि पौडेल रहनु भएको थियो भने प्रमुख अतिथी रमेश बहादुर क्षेत्री उपस्थित हुनु भएको कार्यक्रममा सञ्चालक सन्तोष क्षेत्रीको सञ्चालन रहेको थियो ।
विजेता सम्पूर्ण टिमहरुलाई टिका लगाई यस संस्थाका अध्यक्ष तिन्तामणि पौडेलले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने र जोस जाँगर भएका युवाहरुलाई अरु आयाम थप्दै जाने भन्दै सम्पूर्ण सहभागी टिमहरुलाई शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।