Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

 सुरक्षा भत्ता घरदैलोमा, सेवाग्राही हर्षित



५ कात्तिक,  पाँचथर ।  पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् ।

निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उहाँले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका–१० को घरघरमा पुगेर वितरण गर्नुभएको हो ।

फिदिम नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने नीति लिएको छ । ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरूलाई सदरमुकाम फिदिम आउँदा जाँदा सवारी भाडा नै रु ८०० लाग्ने भएकाले सो नीति अवलम्बन गरिएको हो ।

नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष थाम्सुहाङले घर घरमै पुगेर भत्ता वितरण गरेको बताउनुभयो । निर्वाचनको प्रचारका क्रममा व्यक्त गरिएको प्रतिबद्धतालाई अक्षरशः पालना गर्न र जनताको सेवकका रूपमा निर्वाचित भएकाले भत्ता वितरण घरमै गरिएको उल्लेख गर्नुभयो ।

सो वडामा ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका गरी २९० जनाले सामाजिक सुरक्षा पाउँदै आएको वडा कार्यालयले जनाएको छ ।

चालू आव २०७४÷७५ मा सो वडामा सामाजिक सुरक्षा भत्ताका लागि रु १७ लाख बजेट विनियोजन गरिएको छ ।
यसैबीच, सामाजिक सुरक्षा भत्ता गाउँघरमै वितरण गर्न वडाध्यक्षसहित वडा सचिवलगायतको टोली नै आएपछि सोही वडाको चिलिङ्देनका ज्येष्ठ नागरिक लक्ष्मी बुढाथोकी खुशी हुनभएको छ । वडाध्यक्ष बिनाले यो भन्दा राम्रो गर्ने ठाउँ छैन । हामीलाई फिदिम आउँदा जाँदा खर्च हुन्छ”, उहाँले भन्नुभयो, “हामी वडा नं १० का बासिन्दा खुशी छौँ ।” उहाँ जस्तै सोही ठाउँका अर्का ज्येष्ठ नागरिक शरण मगराती पनि वडाध्यक्षसहितको टोली नै घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न आएपछि खुशी हुनु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा