क्यानबेरा । अन्तराष्टिय नेपाली साहित्य समाज क्यानबेराको आयोजनामा मिति १४ अक्टोबर २०१७ का दिन क्यानबेराको बेष्टर्न पार्क यारालुम्लामा १०९ औं लक्ष्मी जयन्ती मनाइएको छ ।
प्रमुख अतिथि निबन्धकार यूवराज नयॉंघरेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष भेष देवकोटाले सम्पूर्ण अतिथी, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र उपस्थित महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्दै लक्ष्मी प्रसाद देवकोटाको जीवनीका बारेमा प्रकाश पार्दै मीठो स्वरमा आफनो कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रमका महासचिब बिनायक अधिकारीले अनेसासको स्थापनाका बारेमा बताउँदै आफ्नो कविता सुनाएका थिए भने एनआरएनए क्यानबेराका संयोजक राजन ढुंगेल, अनेसास क्यानबेराका अध्यक्ष डा. शकुन्तला देवकोटा र सचिव चन्द्र तिवारिले पनि कविता वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि यूवराज नयॉंघरेलाइ समाजका तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो । लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा फूल अबिर तथा माल्यार्पण गरिएको थियो ।
सोहि अवसमा नेपाली राजदुताबास क्यानबेराका उपनियोग प्रमुख तथा कार्यक्रमका अतिथि राजेन्द्र पाण्डेले दिनप्रतिदिन नेपाली साहित्यलाई माया गर्नेहरुको संख्या बढेकोमा खुसी ब्यक्त गर्दै अनेसास क्यानबेरालाई जस्तो सुकै सहयोग आवस्यक परेमा आफू तयार रहेको कुरा बताए । उनले संस्थाको उज्ज्वल भबिष्यको पनि कामना गरेका थिए ।
प्रमुख अतिथि नेपाली साहित्यमा निवन्ध यात्रामा आफ्नो कलम सक्रिय रुपमा चलाउँदै आएका निबन्धकार तथा २०६६ सालमा ‘एक हातको ताली’ पुस्तकमार्फत मदन पुरस्कार प्राप्त गर्न सफल व्यक्तित्व यूवराज नयांघरेले यसरी साहित्यीक कार्यक्रममा जोडिन पाएकोमा अत्यन्त खुसी भएको बताएका थिए । उनले संस्थालाई आफना रचनात्मक कार्य गरिरहन सल्लाह र सुझाब ब्यक्त गर्दै आफनो तर्फबाट जे जस्तो सहयोग गर्न पनि तयार रहेको समेत बताए ।
कार्यक्रमको बिट मार्दै समापति डा.शकुन्तला देवकोटाले या समाजको पहिलो कार्यक्रम रहेको र निरन्तर रुपमा नेपाली साहित्यमा लागीरहने र समाजले दिएको जिम्मेवारी पूरा गर्ने जानकारी दिदै कार्यक्रममा आर्थिक सहयोग गर्ने क्याफे दि अन्नपूर्ण, एसबिए मोर्गेज तथा सोलुसन, एस एण्ड एस बिजनेस एण्ड एकाउटिगं र गौलि इभेन्ट म्यानेजमेन्टलाई धन्यवाद दिएकी थिइन् ।
उनले कार्यक्रममा सहयोग गर्दे सबैलाई धन्यवाद दिदै भोलिका दिनमा पनि सहयोग गरिरहन आग्रह गरेकी थिइन् । कार्यक्रम समाजकी कोषाध्यक्ष शान्ति पौडेलको संचालन रहेको उक्त कार्यक्रममा लक्ष्मी जयन्ती मनाउन एनआएनएका पूर्व अध्यक्ष डा. सीताराम घिमिरे, सिएनएफसीका अध्यक्ष चुडामणी सापकोटा, एएनएफएसका पूर्व अध्यक्ष बिनोद नेपाल लगायत नरेश थापा, अशोक सुवेदी सहित समाजका बिभिन्न संघ संस्था र सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कविता वाचन कार्यक्रमपछि बारबिक्यू कार्यक्रम गरिएको थियो । बारबिक्यूमा समाजका सदस्यहरु प्रकाश श्रेष्ठ र ध्रुब आचार्य सहित अन्य साथीहरुको सहयोग रहेको थियो ।