back

प्रतिनिधि सभा र प्रदेश सभाका लागि यस्ता छन कांग्रेसका उम्मेदवारहरु

वि.सं.२०७४ कात्तिक ६ सोमवार

519 

shares

congresh-flag६ कात्तिक, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि काँग्रेसले सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको पार्टी कार्यालयले जनाएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने काँग्रेसले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

काँग्रेसले चुनावी गठबन्धनका लगि सहमति भएका दलहरू संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति नेपाललगायत दलसँग सहकार्य गर्ने गरी उम्मेदवार चयन गरेको छ । सोही सहमतिअनुसार पार्टीले कतिपय निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलका उम्मेदवारलाई सघाउने भएको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ हुनेछ भने मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ तोकिएको छ ।

पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले आज कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका निर्धारण गरेको छ । साथै दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

पहिलो चरणमा हुने निर्वाचनका लागि काँग्रेसका सम्पूर्ण उम्मेदवारको सूची यसप्रकार रहेको छ ः

क्र.स जिल्ला प्रतिनिधि सभा प्रदेश सभा
१ सोलुखुम्बु बलबहादुर केसी प्रकाशसिंह कार्की (क)
आङगेलु शेर्पा (ख)
२ ताप्लेजुङ केशवप्रसाद दाहाल लीलादेवी बोखिम (क)
दीपेन्द्रकुमार सेन्दाङ (ख)
३ पाँचथर भीष्मराज आङ्देम्वे नरेन्द्रकुमार केरुङ (क)
सुरेन्द्रकुमार दाहाल (ख)
४ खोटाङ सरस्वती वजिमय सुभाषकुमार पोखरेल (क)
विष्णुकुमार राई (ख)
५ मनाङ टेकबहादुर गुरुङ चिन्तबहादुर घले (क)
कर्म गुरुङ (ख)
६ हुम्ला मंगलबहादुर शाही ठानबहादुर रोकाया (क)
जीवनबहादुर शाही (ख)
७ भोजपुर उमेशजंग रायमाझी संघीय समाजवादी (क)
गोविन्दबहादुर कार्की (ख)
८ जाजरकोट राजीव विक्रम शाह वेदराज सिंह (क)
दीपकजंग शाह (ख)
९ दोलखा रुद्रबहादुर खड्का बर्मा लामा (क)
केशवराज चौलागाईं (ख)
१० मुस्ताङ रोमी गौचन थकाली मिक्यु गुरुङ (क)
छिरिङ धावा गुरुङ (ख)
११ म्याग्दी खमबहादुर गर्बुजा नेत्रबहादुर महत (क)
क्या.अमलाल फगामी (ख)
१२ रोल्पा अमरसिंह पुन शेखरबहादुर महरा (क)
खगेन्द्रप्रसाद हमाल (ख)
१३ रुकुम पश्चिम गोपालजीजंग शाह गंगाराम गौतम(क)
खड्कबहादुर डाँगी (ख)
१४ मुगु हस्तबहादुर मल्ल खड्गबहादुर शाही (क)
तिलकबहादुर मल्ल (ख)
१५ जुम्ला देवेन्द्र बहादुर शाही राजुसिह कठायत (क)
भिमनिधि हमाल (ख)
१६ कालिकोट भूपेन्द्रजंग शाही टेकराज शाही(क)
कालीबहादुर सहकारी (ख)
१७ दार्चुला विक्रमसिंह धामी जगदीश पाल (ख)
मदन गिरी (क)
१८ डोल्पा अंगदकुमार बुढा बेगमसिंह ठकुरी (क)
सुरेशबहादुर शाही (ख)
१९ ओखलढुंगा रामहरि खतिवडा प्रदीपकुमार सुनुवार (क)
मित्रसेन दाहाल (ख)
२० बझाङ पृथ्वीबहादुर सिंह चन्द्रादेवी जोशी (क)
नरेशबहादुर सिंह (ख)
२१ संखुवासभा दीपक खड्का टंक राई (क)
दीपककुमार लिम्बू (ख)
२२ बैतडी नरबहादुर चन्द हरिमोहन भण्डारी (क)
राप्रपा (ख)
२३ नुवाकोट क्षेत्र नं १, डा रामशरण महत
क्षेत्र नं २, अर्जुननरसिंह केसी क्षेत्र नं १
महेन्द्र थिङ (क)
रमेशकुमार महत (ख)
क्षेत्र नं २
जगदिशनरसिंह केसी (क)
जगतबहादुर तामाङ (ख)
२४ रसुवा मोहन आचार्य प्रभात तामाङ (क)
नयाँ शक्तिसँग तालमेल (ख)
२५ धादिङ क्षेत्र नं १
विश्वप्रसाद अर्याल
क्षेत्र नं २
दिलमान पाख्रिन क्षेत्र नं १
मधुकुमार श्रेष्ठ (क)
प्रभात सुवेदी (ख)
क्षेत्र नं २
रमेश धमला (क)
राप्रपासँग तालमेल (ख)
२६ सिन्धुपाल्चोक क्षेत्र नं १
मोहनबहादुर बस्नेत
क्षेत्र नं २
पशुपतिशम्शेर राणा (राप्रपा प्रजातान्त्रिक) सँग तालमेल) क्षेत्र नं १
विष्णुबहादुर खत्री (क)
राजेन्द्रकुमार श्रेष्ठ (ख)
क्षेत्र नं २
विकास तामाङ (क)
राप्रपा प्रजातान्त्रिकसँग तालमेल (ख)

२७ रामेछाप पूर्णबहादुर तामाङ रत्नबहादुर कार्की (क)
जीतबहादुर मगर (ख)
२८ बाग्लुङ क्षेत्र नं १
चम्पा खड्का
क्षेत्र नं २
निरज पुन दीपेन्द्र थापा (क)
प्रकाश पौडेल (ख)
मन्जेस बम मल्ल (क)
जीतबहादुर शेरचन (ख)
२९ लम्जुङ दिलबहादुर घर्ती गर्जबहादुर गुरुङ (क)
कृष्णप्रसाद कोइराला (ख)
३० गोरखा क्षेत्र नं १
चीनकाजी श्रेष्ठ
क्षेत्र नं २
नयाँ शक्तिसँग तालमेल धीरन थापा (क)
राजेन्द्र बजगार्इं (ख)
नयाँ शक्ति (क)
प्रकाशचन्द्र दवाडी (ख)
३१ बाजुरा कविराज पण्डित जनकराज गिरी (क)
पदमबहादुर शाही (ख)
३२ रुकुम (पूर्वी क्षेत्र) हरिशंकर घर्तीमगर दूतकुमार पुन (क)
दत्तबहादुर बस्नेत (ख)

वि.सं.२०७४ कात्तिक ६ सोमवार ०३:२९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...