back

भवन आचारसंहिता लागू गर्न नगरपालिकालाई निर्देशन

वि.सं.२०७४ कात्तिक ६ सोमवार

519 

shares
GLOBAL IME AD
NTC AD

६ कात्तिक, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई भवन आचारसंहिता लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्राचार गरी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलको अनुरोधअनुसार यस्तो निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

समाज कल्याण मन्त्रालयले नगरपालिकालाई अपांगतामैत्री संरचना निर्माण गर्न सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतीक्षालय, पार्किङस्थल, मनोरञ्जनस्थल, सम्मेलन केन्द्र, चलचित्र घरजस्ता सार्वजनिकस्थल र सर्वसाधारणका लागि खुला गरिएका व्यावसायिक तथा आवासीय भवनजस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त ¥याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेलसमेतको व्यवस्था गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्ले २०६९ फागुन ६ गते अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका पारित गरेको थियो । निर्देशिका पारित भए पनि त्यसअनुसार संरचना निर्माण नभएकाले समाज कल्याण मन्त्रालयको अनुरोधमा स्थानीय विकास मन्त्रालयले नगरपालिकालाई यो निर्देशन जारी गरेको हो ।

वि.सं.२०७४ कात्तिक ६ सोमवार ०३:३१ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...