Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

भाइरल ज्वरोको प्रकोप फैलँदा एकको मृत्यु, दुई सय बढी बिरामी



deathbody६ कात्तिक, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ ।

दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित हुनुहुथ्यो ।

गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताउनुभयो । “गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी हुनुहुन्छ । बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ ।

स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भन्नुभयो, “गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएन ।”

धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा