Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका न्युयोर्कको तिहार सम्पन्न (तस्बिर सहित)



t3

युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका न्युयोर्क च्याप्टरले तिहार मनाएको छ । १३ अक्टोबरमा दिन सम्पन्न तिहार कार्यक्रममा न्युयोर्कका वाणिज्यदूत कृशु क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । क्षेत्रीले दीपावलीको शुभकामना दिदैं सबैको उत्तरोत्तर प्रगतिका कामना गरेका थिए । उनले राईहरुको हरेक चाडपर्वमा आफू सहभागी हुँदै आएको पनि जनाएका थिए ।

त्यसैगरी बोस्टनबाट युनाइटेड किरात राइ अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले अमेरिकाका सम्पूर्ण राईहरु एक भएर राई समुदायको सुन्दर भविष्यका लागि उदाहरणीय काम गरेर देखाउनुपर्ने बताए । राईले आउने वर्षको साकेलामा अमेरिकाका सम्पूर्ण राईहरु मिलेर साकेला सिल्ली कम्पिटीसन गर्नुपर्ने समेत बताए ।

त्यस्तै न्यु ह्याम्पसायर न्यु इङलैण्ड च्याप्टरका सभापति मुक्ति राईले न्युयोर्क जस्तो व्यस्त सहरमा पनि सबैको भव्य उपस्थिति भएको देख्न पाउँदा खुसी लागेको बताउँदै सहभागी सबैलाई धन्यवाद दिएका थिए । उनको पहलमा न्यु इङलैण्ड च्याप्टरले न्युयोर्क च्याप्टरलाई २ हजार १   अमेरिकी डलर सहयोग समेत गरेका थिए ।

t6
कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, फिप्नाका सभापति विनोद पोमु गुरुङ, सोसाइटीका पूर्व अध्यक्ष मेख गुरुङ ढोक्पे समाजका सभापति लाक्पा शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी कार्यक्रममा डा. शुख गुरुङ, पूर्व डिआइजी पार्वती थापा मगर, युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका सल्लाहकार प्रभाकर राईको पनि आतिथ्यता रहेको थियो ।

t2
कार्यक्रममा केन्द्रीय उपसभापति मुना राईद्धारा नेपालबाट आएका भोजपुर समाजका अध्यक्ष लिला राईको आमा र क्षमालाई खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै गायिका बसन्ती राईका नेपालबाट आएका आमा बुबा, कलाकार पार्वती राई लगायतलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

t4
अर्गनाइजेशनका सांस्कृतिक विभागका प्रमुख विपन राईको संयोजन रहेको उक्त कार्यक्रममा बसन्ती राई, निमा लामा, दिकेश प्रजापति, ओम कर्माचार्य, मिग्मा मगर, ममता राई, रमेश राई, यशोधा खालिङ राई, अनुसा राई, विपन राई, सुवर्ण राई शाक्य, दिपा थापा, रोहित तिमिल्सीना, राजेन्द्र राई लगायतको सहभागिता रहेको थियो ।

राजेन्द्र राईद्धारा सांस्कृतिक कार्यक्रमको संञ्चालन रहेको उक्त कार्यक्रममा अर्गनाइजेशनका निर्वतमान अध्यक्ष नविनकला राईको संयोजनमा दीपावली कार्यक्रम सम्पन्न भएको थियो ।

t1

न्युयोर्क च्याप्टरका उपसभापति सपना राईको संञ्चालन तथा अर्गनाइजेशनकी सदस्य रेजिना राईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा रिता सुवेदीलाई  फूलको गुच्छा उपहार दिइएको थियो । केन्द्रीय उपसभापति मुना राईद्धारा सम्पूर्णमा धन्यवाद व्यक्त गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा