back

नाइल नदीको सयर गरेर तिहार मनाइयो युगाण्डामा

वि.सं.२०७४ कात्तिक ६ सोमवार

693 

shares

nrna-ugandaएनआरएनए युगाण्डाले यसवर्ष भिन्न किसीमले तिहार मनाइएको छ । एनआरएनए युगाण्डाका टिमले २२ अक्टोबरका दिन युगाण्डाको ठूलो नदीका रुपमा चिनिएको नाइल नदीमा ४५ मिनेटको बोटिङ गरेको छ । त्यसपछि सामुका आइल्याण्डमा पुगेर केही समय विताएर पुनः युगन डाका जिनजा भन्ने ठाउँमा एनआरएनए अध्यक्ष राजमणि भण्डारीको होटलमा विश्राम तथा खाना खाएर तिहारको रमाइलो गरिएको थियो ।
सोहि अवसरमा एनआरएनए युगाण्डाका पदाधिकारीहरुे नयाँ जोश र जाँगरका साथ काम गरिरहेको जानकारी गराउँदै युगाण्डाबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई एनआरएनएमा आवद्ध भै सल्लाह सुझाव दिन अध्यक्ष भण्डारीले अनुरोध गरेका थिए ।

nile-river
अफ्रिकी मुलुक युगाण्डामा धेरै नेपाली नभए पनि जे जति नेपालीहरु छन उनीहरुले हातेमालो गरेर एकअर्काको सुख दुःखमा साथ दिन पनि अध्यक्ष भण्डारीले अनुरोध गरेका थिए ।
त्यसैगरी एनआरएनए युगाण्डाका प्रवक्ता कमल दत्त भट्टले धेरै थोरै जे जति नेपाली रहेपनि यस्तो भेटघाट तथा कार्यक्रमले सबैलाई उत्साहित बनाएको बताए । नयाँ नयाँ दाजु भाइ तथा दिदीबहिनीसँगको भेटघाटले पनि आगामी दिनमा एनआरनएन युगाण्डाले नयाँ मोड लिने बताए ।
सो अवसरमा संस्थाका उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, कोषाध्यक्ष मजुल पाठक, पवक्ता कमलदत्त भट्ट तथा अन्य सन्जिव सापकोटा, रसिला, प्रेम खरेल, अनिता खरेल, देवि भण्डारी, सितल थापा, रामु गैरे, चिरन्जीवि कोइराला र पदम कार्की गरी ३० भन्दा बढीको सहभागिता रहेको थियो ।
तिहार कार्यक्रममा सहभागीहरुका लागि खाना र नास्ताको व्यवस्था जिन्जामा रहेको लिवोज रेष्टुररेण्टका संस्थापक तथा एनआरएनएका युगाण्डाका अध्यक्ष राजमणी भण्डारीले गरेका थिए । अध्यक्ष भण्डारीले २०१८ मा युरोप भ्रमणमा जान चाहाने एनआरएनए टिमका पदाधिकारीलाई युरोप भ्रमण गराउने व्यवस्था गरिने समेत बताएका थिए ।

वि.सं.२०७४ कात्तिक ६ सोमवार ११:३२ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...