
७ कात्तिक, एजेन्सी । रियल म्याड्रिडका सुपर स्टार तथा पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले फिफा प्लेयर अफ दि ईयर पुरुष तर्फको अवार्ड जितेका छन् । हिजो राति ईङल्यान्डमा सम्पन्न समारोहका बीच रोनाल्डोलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो । रोनाल्डोले वार्सिलोना तथा अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी तथा पिएसजी तथा ब्राजिलियन फरवार्डनेयमारलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । रोनाल्डोले यो सँगै पछिल्ला पाँच वर्षमा ४ पटक फिफा प्लेयर अफ दि ईएरको अवार्ड जितेको हुन् ।
रोनाल्डोले गत सिजन रियललाई च्याम्पियन्स लिग तथा लिालिगाको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।
यस्तै फिफा वर्ष खेलाडी महिला तर्फ नेदरल्यान्ड्सकी लिकी मर्टिन्स ले जितेकी छन् । फिफा उत्कृष्ट गोलकिपरको उपाधि युभेन्ट्सका किपर जिआनलुईजी बुफोनले जितेका छन् । यस्तै फिफा वर्ष प्रशिक्षकको उपाधि रियल म्याड्रिका प्रशिक्षक जिनेदिन जिदानले जितेका छन् ।