
७ कात्तिक, एजेन्सी । विश्व फुटबल हेर्ने सर्वोच्च निकाय फिफाले वर्षके उत्कृष्ट एघार सार्वजनिक गरेको छ । फिफाल सार्वजनिक गरेको उत्कृष्ट एघार खेलाडीको सुचीमा स्पेनिश कलब रियल म्याड्रिडका ५ जना खेलाडी समावेश रहेका छन् । रियलका डिफेन्डरद्वय सर्जियो रामोश तथा मार्सेलो मिडफिल्डरद्वय लुका मोड्रिच तथा टोनी क्रुस र रोनाल्डो फिफाको उतकृष्ट एघारमा पर्न सफल भएका हुन् । यस्तै वार्सिलोनाका फरवार्ड लिओनल मेस्सी तथा मिडफिल्डर आन्द्रेस ईनिएष्टा उत्कृष्ट एघारमा समावेश छन् । यस्तै फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमार तथा डिफेन्डर समेत उत्कृष्ट एघारमा समावेश छन् । यस्तै युभेन्ट्सका किपर जिआनलुईजी बुफोन तथा एसी मिलानका डिफेन्डर लिओनार्दो बोनुच्ची समेत उतकृष्ट एघारमा समावेश रहेका छन्
लिग अनुसार हेर्दा स्पेनिश लालिगाका ७ खेलाडी समावेश रहेका छन् । ईटलियन सिरिएका २ खेलाडी तथा फ्रेनच लिगवानका २ खेलाडी समावेश छन् । तर ईङलिश प्रिमियर लिगबाट भने कुनै पनि खेलाडी उत्कृष्ट एघारमा पर्न भने सकेनन् ।