back

खोटो बेचेर करोडौँ आम्दानी गर्छन् सामुदायिक वन

वि.सं.२०७४ कात्तिक ७ मंगलवार

372 

shares
IME Limited
NTC AD

७ कात्तिक, रोल्पा । सामुदायिक वनमा रहेको खोटो रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारको आम्दानीको राम्रो स्रोत बनेको छ ।

जिल्लाबाट हरेक वर्ष करोडौँ रूपैयाँको खोटो बिक्री हुने भएकाले त्यसको प्रत्यक्ष फाइदा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारलाई हुँदै आएको छ ।

गत आवमा जिल्लाबाट निकासी भएको २५ लाख ९२ हजार ४८ किलोग्राम खोटो बिक्री भएको र यसबाट सामुदायिक वन उपभोक्ता समूहको खातामा रु दुई करोड ६० लाख ४१ हजार ४९ जम्मा हुनाका साथै जिल्ला समन्वय समितिमा प्रतिकिलो ८० पैसाका दरले रु २० लाख ७३ हजार ६३८ राजश्वबापत बुझाइएको जिल्ला वन कार्यालयले जनाएको छ । मूल्य अभिवृद्धि करस्वरूप खोटो कम्पनीबाट रू ३३ लाख ८५ हजार ३३९ समेत जम्मा भएको उक्त कार्यालयले जानाएको छ ।

जिल्लामा छ वटा रोजिन एण्ड टर्पेन्टाइन उद्योगले सन २०१६ मा खोटो संकलनको काम गर्दै आएकाले गरेकासामुदायिक वन उपभोक्ता समूहको आम्दानीको राम्रो स्रोत बन्नुका साथै संकलित खोटो बिक्रीबाट स्थानीयलाई रोजगारीको माध्यम पनि बन्दै आएको जिल्ला वन अधिकृत भीम कालीकोटेले जानकारी दिनुभयो ।

जिल्लामा हस्तान्तरण भएका ६२५ सामुदायिक वन उपभोक्ता समूहमध्ये २०५ सामुदायिक वनबाट खोटो संकलनको काम भइरहेको बताइएको छ ।

वि.सं.२०७४ कात्तिक ७ मंगलवार ०६:०८ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...