back

आफ्नै श्रीमानलाई आगो लगाई विभत्स हत्या

वि.सं.२०७४ कात्तिक ७ मंगलवार

522 

shares

fire

७ कात्तिक, भक्तपुर । कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ ।

सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको हो ।

प्रहरीको अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगामा परेर उहाँको मृत्यु भएको खुलेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमान्लाई कोठामा राखेर आगो लगाई फरार भएको प्रहरीको भनाइ छ ।

अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमि प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । आगलागीमा परेका नेपालको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा लग्दा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

वि.सं.२०७४ कात्तिक ७ मंगलवार ०९:४९ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...