८ कात्तिक, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाका कर्मचारीले चाँगुनारायण नगरपालिका–८, सुडाल कलमसीस्थित कालिका आधारभूत विद्यालयका ५५ जना विद्यार्थीलाई जाडोका लागि ट्र्याक सुट वितरण गरेको छ ।
प्राधिकरणका कर्मचारीबाट संकलित रकमबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अध्ययन गर्दै आएको उक्त विद्यालयका विद्यार्थीका लागि जाडो मौसममा उपयुक्त हुने ट्र्याक सुट वितरण गरेको प्राधिकरणको भक्तपुर शाखाका पूर्व प्रमुख विक्रम अमात्यले बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले विद्यार्थी नभएर बन्द भएको विद्यालयलाई यस वर्षदेखि आफ्नै पहलमा सञ्चालनमा ल्याएको बताउँदै सामुदायिक बिद्यालय बनाउन स्थानीय बासिन्दा नै जागरुक हुनुपर्ने बताउनुभयो ।