back

कृषकले उखुको भुक्तानी  नपाउँदा  जीविकोपार्जनमा समस्या

वि.सं.२०७४ कात्तिक ८ बुधवार

360 

shares

८ कात्तिक, पथरी, मोरङ  । मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताउनुभयो ।

सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३÷०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उहाँहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको गुनासो छ ।

सुनसरी, मोरङबाट आठ लाख २८ हजार ६४१ क्विन्टल उखु खरिद गरेको सुगर मिलले रु ४१ करोड दिनुपर्नेमा रु २३ करोड उपलब्ध गराएको र बाँकी रु १८ करोड नदिएपछि कृषक थप मर्कामा परेका हुन् ।

दशैँ र तिहारसम्ममा सबै पूँजी चुक्ता गर्ने भनेर सम्झौता भए पनि अहिलेसम्म मिलले कृषकको उखुको मूल्य नदिएकाले आन्दोलित हुनुपरेको उखु कृषक संघर्ष समितिका सचिव कमलप्रसाद कामतको भनाइ छ ।

गत वर्ष सुनसरी, मोरङका १० हजार उखु कृषकले उखुखेती गरेका थिए । यो वर्ष सुनसरी, मोरङका सात हजार कृषकले सात हजार बिगाहमा उखुखेती गरेका छन् । इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि उखुखेतीबाट कृषक पलायन हँुदै गएको कामतले बताउनुभयो ।

सुनसरीको बर्जु गाउँपालिकामा १८ बिगाहमा उखुखेती गर्दै आउनुभएका रमेश कामत मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जन गर्न समस्या भएको बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक ८ बुधवार ०३:४६ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...