back

होटल तथा रिसोर्टको अन्तरराष्ट्रिय मापदण्ड अनुसार वर्गीकरण गर्ने

वि.सं.२०७४ कात्तिक ८ बुधवार

111 

shares
NTC AD
Global IME AD

 ८ कात्तिक, काठमाडौँ । सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तरराष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ ।

होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तरराष्ट्रिय होटल स्तर मापदण्ड वर्गीकरणबमोजिम बनाउन लागिएको हो ।

उक्त मापदण्ड तयार गर्नका लागि होटल एशोसिएशन अफ नेपाल (हान) का कार्यसमिति सदस्य प्रवीणबहादुर पाण्डेको संयोजकत्वमा मापदण्ड संशोधन परिमार्जन उपसमित गठन गरिएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले जानकारी दिनुभयो ।

समितिले एक महिनाभित्र मापदण्ड तयार गरी हानलाई बुझाएपछि संशोधन गर्नुपर्ने विषयलाई मन्त्रालयमा पठाइनेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशित गरेर लागू गरिनेछ ।

कार्यकारी निर्देशक ढकालका अनुसार विद्यमान तारे होटल, पर्यटकीय होटल, रेष्टुराँ तथा रिसोर्टको अन्तरराष्ट्रियस्तरको मापदण्डअनुरुप भौतिक पूर्वाधारसहित क्षमता विस्तार गरिनेछ ।

यो मापदण्डअनुरुप होटलका कोठालाई बढी केन्द्रित गरिएको छ, आरामदायी सुविधा बढाइनेछ । पहिलेको तुलनामा शतप्रतिशत कोठामा अन्तरराष्ट्रियस्तरको सुविधासम्पन्न आतिथ्यता प्रदान गर्नका लागि भित्री सजावट हुनुपर्छ भन्ने छ, पहिले २५ प्रतिशत कोठामा मात्र हुनुपर्ने मापदण्ड थियो ।

त्यसैगरी, कोठाको संख्यालाई संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा संशोधन गर्ने भन्ने सैद्धान्तिक सहमति भएको छ । होटल र रिसोर्टको पनि कुन स्तरको हो भनी वर्गीकरण गरिनेछ । मापदण्ड निर्माणमा नाथमले सैद्धान्तिक सहयोग गर्नेछ ।

हानका महासचिव विनायक शाहले होटल विश्वव्यापी उद्योग भएकाले अहिले विश्वबजारको स्तरको बनाउनका लागि पुरानो व्यवस्थालाई समयानुकूल बनाउन लागिएको बताउनुभयो ।

विदेशी पर्यटकको रोजाइ र आवश्यकताअनुरुप तारे तथा पर्यटकीय होटलले आफ्ना सेवा सुविधालाई गुणस्तरीय बनाई बढी पर्यटक आकर्षणका लागि पनि मापदण्ड जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।

होटल, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ (पहिलो संशोधन) नियमावली, २०७१ अनुसार होटलको वर्गीकरण गर्दा दर्ता गरिएका होटलमा रहेको सुविधाको आधारमा पर्यटन विभागले पर्यटकस्तरको साधारण होटल वा पर्यटक आवास (टुरिष्ट रिसोर्ट) वा एक तारेदेखि पाँच तारेसम्मको कुनै एक वर्गीकरणमा तोक्नेछ भनिएको छ ।

नियमावलीअनुसार पर्यटकस्तरको साधारण होटलले कम्तीमा पनि सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनु पर्ने, २५ प्रतिशत कोठाको साथमा स्नानागार तथा शौचालय (बाथरुम) संलग्न हुनुपर्ने, अन्य प्रत्येक चार कोठाको निमित्त एक शौचालय, सबै कोठामा आधुनिक फर्निचर र बिजुलीको राम्रो प्रबन्ध हुनुपर्ने तथा नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनुपर्ने उल्लेख छ ।

हानको विवरणअनुसार हाल देशभर दर्ता भएका सबैखाले गरी एक हजार २०० होटल सञ्चालनमा छन् भने १०० वटा नयाँ होटल थपिँदैछन् । सरकारी विवरणअनुसार अहिले होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ ।

अहिले पर्यटकको चहलपहल हेर्दा सन् २०१७ मा अहिलेसम्मकै बढी पर्यटक आउने अनुमान गरिएको छ । सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सबैभन्दा बढी सन् २०१२ मा आठ लाख तीन हजार पर्यटक नेपाल आएका थिए ।

वि.सं.२०७४ कात्तिक ८ बुधवार ०६:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...