Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

आर्थिक अभावका कारण तीनवर्ष बित्दा पनि मिर्गाैला प्रत्यारोपण हुनसकेन



८ कात्तिक, रत्ननगर, चितवन  । चितवनका एक व्यक्तिले आर्थिक अभावका कारण तीन वर्ष बित्दासमेत मिर्गाैलाको प्रत्यारोपण गराउन सकेका छैनन् ।

भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत उनले मिर्गाैला प्रत्यारोपण गर्न नसकेको बताएका छन् । रोगको पहिचान र डाईलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको बताइएको छ ।

भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको दुवै मिर्गाैलाले कामगर्न छाडेको तीन वर्ष भइसक्यो । उहाँले अझै मिर्गाैला प्रत्यारोपण गराउन सक्नुभएको छैन ।

“तीन वर्षदेखि मिर्गौलाको डाइलाइसिस गर्दै आएको छु, मनबहादुरले भन्नुभयो, मिर्गौला प्रत्यारोपण गर्न पैसा छैन ।” उहाँलाई सुगर र प्रेसरको समेत रोग छ ।

पैसा नभएपछि उहाँले सहयोगको याचना गर्नुभएको छ । शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गर्नुभएका उहाँले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गर्नुभयो ।

पछि राष्ट्रिय मिर्गाैला उपचार केन्द्र काठमाडौँमा उपचारको क्रममा डाक्टरले मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएपछि मनबहादुरलाई पीडा थपियो ।

सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्नलाग्ने औषधि खर्च जोहो गर्न धौधौ भएको उहाँ बताउनुहुन्छ ।

छजनाको परिवार रहेको उहाँलाई अहिले दैनिक गुजारा चलाउन पनि मुस्किल छ । श्रीमान्को उपचार गर्नको लागि भएको सातधुर जग्गा पनि बिक्री गर्नुपरेको र उपचारको लागि करिब रु ३० लाख लाग्ने गंगामायाले बताउनुभयो ।

ऐलानी जमिनमा सानो घरमा बस्दै आएको छ, गुरुङ परिवार । आफूले एउटा मिर्गौला दिन चाहेपनि पैसा नभएर प्रत्यारोपण हुन नसकेको उहाँको दुखेसो छ । मनबहादुर यसअघि भृकुटी कागज कारखाना, गैँडाकोटमा जागिरे हुनुहुन्थ्यो । सो कारखाना बन्द भएकाले रोजगारी पनि गुम्यो ।

उहाँले पाउनुपर्ने करिब रु पाँच लाख छ । त्यो पैसा आए पनि उपचारमा सहयोग पुग्ने उनको परिवारका सदस्य बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा