Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

 नमोबुद्ध नगरपालिकाले ताइवानी नागरिक इहीलाई सम्मान



८ कात्तिक, काभ्रे । नमोबुद्ध नगरपालिकाले ताइवानी नागरिक लिउ मेङ इहीलाई सम्मान गरेको छ ।

इहीले समाजसेवाका माध्यमबाट नेपालका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो निर्माणका क्षेत्रमा योगदान गरेकाले मंगलबार उहाँलाई दोसल्ला ओढाएर सम्मान गरियो ।

उद्योग राज्यमन्त्री रेशम लामाले ताइवानमा जन्मेर पनि नेपालको पूर्वाधार विकास निर्माणमा इहीले पु¥याएको योगदानको सराहना गर्दै स्थानीयवासीले उहाँबाट प्रेरणा लिई सामाजिक विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख टिपी शर्माले उहाँले काभ्रे, कास्की, सिन्धुपाल्चोकलगायत स्थानमा करिब रु एक करोड लागतमा सामाजिक सेवा पु¥याउनुभएको जानकारी दिनुभयो ।

सम्मानित इहीले शान्ति र अहिंसाका प्रवर्तक बुद्ध जन्मेको मुलुक नेपालमा सामाजिक सेवा उपलब्ध गराउन पाएकोमा गौरवान्वित भएको बताउँदै आगामी दिनमा अन्य स्थानमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको