Logo
२१ माघ २०७९, शनिबार
     Sat Feb 4 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्योलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजनाको बजेट अन्तै खर्च



kauli

८ कात्तिक, भद्रपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) कार्यान्वयन इकाई बनियानी झापाद्वारा कचनकवल गाउँपालिका–४ स्थित फड्कागाछीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ज्ञान, सीप बढ्नुका साथै उत्पादन समेत बढेको बताएका थिए ।

अर्थ मन्त्रालय अगुगमन तथा मूल्यांकन महाशाखाका अधिकृत श्याम आचार्य र नवलकिशोर आचार्य सहभागि रहेको सो कार्यक्रममा कृषक पञ्चानसिंह राजवंशी, रामचन्द्र राजवंशी, अब्बास मियाँ, होमनाथ सिग्देल, वसन्त गणेशलगायतले परियोजनसँगै कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणको प्रवेशले उत्पादन लागत घट्नुका साथै उत्पादन बढाउन मद्दत पुगको विचार व्यक्त गर्नुभयो ।

“विगतमा हामी यस क्षेत्रमा पर्याप्त मात्रामा चैते धान लगाउने गरेको तर बजार मूल्य कम र भण्डारणको व्यवस्था नभएकाले चैते धानबाट हात झिक्ने गरेका थियौँ, परियोजनाको कार्यान्वयनसँगै हामी पुनः यस्ता बालीतर्फ फर्कन लागेका छौँ,” कार्यक्रममा सहभागि कृषकहरुको भनाइ थियो ।

वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना र अधिकृत आचार्यले धानमा आत्मनिर्भर गर्न र कृषि प्रणालीलाई वैज्ञानिक एवं व्यावसायिक बनाउन सरकारले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो । सो कार्यक्रममा हरित कृषक समूहलाई ५० प्रतिशत अनुदानमा धान काट्ने मेसिन हस्तान्तरण गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको