Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

विद्यालयका बस चालकले अनिवार्य पोशाक लगाउनुपर्ने



८ कात्तिक, काठमाडौँ (रासस) : काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको आज महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्य रुपमा गाढा नीलो पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक गौतमले विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिने स्पष्ट पार्नुभयो ।

यस्तै बैठकले उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णयसमेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू