back

छयालीस उम्मेदवार अन्तिम चुनावी प्रतिस्पर्धामा

वि.सं.२०७४ कात्तिक ८ बुधवार

807 

shares

election-prades८ कात्तिक, नुवाकोट (रासस) : मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ४६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ ।

आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि आज ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समयमा आज नुवाकोटको प्रतिनिधि सभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो ।

उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (माले)का उम्मेदवार जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नरेन्द्रप्रसाद फुयाँल र नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ हुनुहुन्छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार दामोदर थापा क्षेत्री र प्रदेश सभा सदस्य क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का दीपककुमार राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जन लोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा (प्रजातान्त्रिक)का मधुसुदन रिसालले पनि उम्मेदवारी फिर्ता लिनुभयो ।

यस्तै, प्रदेश क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार शिवप्रसाद अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिनुभयो ।

यसअघि मनोनयन दर्ता गरेर उम्मेदवारी फिर्ता लिएका सबैले लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

यसैबीच एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवारी निवर्तमान सांसद् राज्यलक्ष्मी पाण्डेले काँग्रेस उम्मेदवारको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको र पार्टी नै परित्याग गरी काँग्रेस प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभयो ।

वि.सं.२०७४ कात्तिक ८ बुधवार १५:३५ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...