Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

खुम्बुमा चिसो बढेसँगै पर्यटक भ्रमण छोट्याउने तयारीमा



khumbu

९ कात्तिक, सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष पर्यटक आगमन बढेको छ ।

पर्यटक प्रहरी लुक्लाका अनुसार गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । यो वर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्यांकअनुसार १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन् । यस बीचमा भ्रमण सकेर तीन हजार ९७१ जना बाहिरिएका छन् । यो गत वर्षको तुलनामा झन्डै दोब्बरले बृद्धि भएको छ ।

यो वर्षको भदौ २३ गतेदेखि असोज २३ गतेसम्म सात हजार ४८४ जना बाह्य पर्यटक खुम्बु भ्रमणका लागि भित्रिएका थिए भने अघिल्लो वर्ष सोही समयमा पाँच हजार ३८४ पर्यटक खुम्बु भ्रमणका लागि आएको पर्यटक प्रहरी लुक्लाका हवल्दार जयप्रकाश गोहितमानले जानकारी दिनुभयो ।

यस क्षेत्रमा चिसो बढ्दै गएपछि पर्यटक भ्रमण छोट्याएर फर्कने तयारीमा जुटेको टे«किङ गाईड चूडामणि केसीले बताउनुभयो । केसीले भन्नुभयो, “विगत वर्षको तुलनामा यो वर्ष चाँडै चिसो शुरु भएको महसुस भएको छ, त्यसैले भ्रमण छोट्याउने तयारी भइरहेको छ ।”

पर्यटक र उनका सहयोगी काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल आउने गर्छन् । अहिले भ्रमण सकेर पर्यटक धमाधम फर्कन थालेपछि लुक्ला आउनेभन्दा काठमाडौँ जाने यात्रुको चाप बढेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले बताउनुभयो ।

सबैभन्दा बढी पर्यटक अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटाली, मलेसिया, जापना, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशबाट यहाँ आउने गर्छन् ।


-->

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको

म्याग्दी। गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ

त्रिवेणी (नवलपरासी) । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।