back

मानव जीवन अन्त्यको अनिवार्य शर्त मृत्यु हुदाँ हुदैँ आत्महत्या नै किन त ?

वि.सं.२०७४ कात्तिक ९ बिहीवार

153 

shares
NTC AD
Global IME AD

why-sucide

९ कात्तिक, काठमाडौँँ । गत शनिवार झापाकी २२ वर्षिय युवती रिचा सेढाईले फेसबुकमा फोटो अपलोड गर्दै क्याप्सन दिएकी थिईन “भरिएका आँखा, रित्तो मन तथा खाली निधारलाई सोध्दा हुन्छ तिहार कस्तो हुन्छ भनेर”,  त्यसको भोली पल्ट बिहान उनले एउटा पोष्ट शेयर गरेकी थिईन “म यदि मरिहाले भने मेरो सम्झिन लायक कुरा के छ”  भनेर त्यसको केहि घण्टामा रिचाले आत्महत्या गरेर यस संसारबाट विदा भईन् । अहिले उनको आत्महत्याको खबर सामाजिक सन्जालमा भाईरल बनेको छ । उनको फेसबुकको भित्तामा सयौँ मान्छेले श्रद्धान्जली दिदै सोधेका छन किन आत्महत्या गरेकी रिचा ? तर यस कुराको जवाफ रिचा सेढाईले दिने भने छैनन् । गत फेब्रुअरीमा चर्चित ¥यार्पर यम बुद्धले समेत आत्महत्या गरे उनको मृत्युको समेत खास कारण अझै पत्ता लाग्न सकेको छैन् । यी त हामीले बाहिर देख्दै आएका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय आत्महत्याले विकराल रुप लिदैँ आएको छ । आत्महत्याका खबरहरु सामाजिक सन्जाल भरि छ्यापछ्याप्ती देखिन पाईन्छन् । अझ उमेर गत तथ्याङकलाई हेर्दा त १५ वर्ष देखि ३० वर्ष सम्मको उमेरका युवायुवतीहरु नै आत्महत्या गर्ने उमेरको अग्रपंक्तिमा आउछन् ।
मानव जीवनको अन्त्यको निर्विकल्प पाटो मृत्यु हुँदा हुदैँ मान्छेले किन आत्म हत्यालाई रोज्छन त ? एक दिन मर्नै पर्छ भन्ने थाहा हुदा हुदैँ किन आत्म हत्यालाई नै मृत्युको बाटो बनाउने त ? यस प्रकारको प्रश्न मनमा उठ्नु स्वभाविक हो । यस विषयमा फरक फरक मत आउने गर्छ । आकस्मिक आवेशलाई नियन्त्रण गर्न नसक्नुलाई नै आत्महत्याको प्रमुख कारण मान्न सकिन्छ । निराशा, असफलता, अत्यधिक महत्वकांक्षा, हिनतावोध, डिप्रेसन, मानसिक चिन्ता, प्रेम सम्बन्धमा दरारता जस्ता विषयहरुलाई नै आत्महत्याको प्रमुख कारणहरु मान्न सकिन्छ ।
अत्यधिक महत्कांक्षा
मान्छेहरु बाच्ने शैली फेरिदै जाँदा मान्छेको आवश्यकता तथा महत्वकांक्षा समेत फेरिदै जानु स्वभाविक मान्न सकिन्छ । समाजको आधुनिकीकरण तथा समाजको आवरण फेरिदै जाँदा मानिसहरुमा महत्वकांक्षी हुदै जान्छन् । जव मानिस कुनै पनि कुराको अतयधिक चाहना राख्छ तर उ अल्टिमेट्ली उक्त कुरामा असफल हुन्छ । उसले जीवनको अन्त्यलाई नैअन्तिम विकल्प सोच्न थाल्छ र उसले अन्तत मृत्युलाई अगाँल्न पुग्छ ।

चिन्ता

नेपालीमा एउटा उखान नै छ चिन्ताले चिताको बाटोमा पु¥याउछ । जब मान्छे अत्यधिक रुपमा शारिरीक तथा मानसिक समस्याबाट गुज्रन थाल्छ तब उ विभिन्न खाले चिन्ताबाट विक्षिप्त हुन् थाल्द्छ् । जब उसमा उत्साह र उमंग घट्छ, नकारात्मक सोच हाबी हुन पुग्छ । उनीहरु आफ्नै परिस्थितिबारे विश्लेषण गर्न असमर्थ हुन्छन् । जताततै अन्धकार र निराशा देख्छन् । यसले उनीहरुलाई आत्महत्याको बाटो तर्फ डो¥याउछ ।

असफलता
मानिसको प्राकृतिक स्वाभव नै के छ भने मानिसहरु सफलतामा एकदमै उत्साहित हुने गर्छन तर असफल हुन साथ मानिस एकदमै आत्तिन थाल्दछ । असफलता सगैँ मान्छेमा सहनशीलताको अभाव खड्किन थाल्छ त्यसपछि मानिसले आफ्नै अन्त्यको बाटो रोज्न थाल्छ । असफलताले मानिसलाई आफ्नै जीवन भारी, दिक्दारी लाग्न थाल्छ । मानिसलाई आफु बाच्ने एक सेकेन्ड पनि निकै लामो लाग्न थाल्द्छ । मानिस वास्तविक जीवन सँग खेदिन् पुग्छ अन्तत उसले आत्म हत्याको बाटो रोज्न पुग्छ । पछिल्लो समय प्रेम सम्बन्धमा असफल हुनुले पनि आत्महत्यालाई निकै जोडबल दिएको छ ।

आत्महत्या समस्या समधानको बाटो होईन

जब मानिस विभिन्न समस्याबाट ग्रसित हुन पुग्छ उसले आफु बाच्नुको कुनै अर्थ देख्दैन् तर आफ्नो ज्यान वित्थामा फाल्दैमा समस्या समधान हुन्छ त ? यस कुरालाई ध्यान दिनु पर्ने हुन्छ । मृत्युलाई समस्या समधान होईन भन्ने मानसिकता राख्नु आवश्यक हुन्छ । मर्नु भन्दा पनि आफ्नो जीवन जीउने शैलीमा परिवर्तन गरेर अगाडी बढ्ने सोच बनाउनु पर्छ । कुनै कुामा असफल हुदाँ त्यो समस्याबाट भागेर होईन । समस्यासँग जुधेर अगाडी बढ्नु पर्छ । एक्लोपन बाट टाढा भएर आफुलाई जहिले सृजनात्मक कामहरुमा अग्रसर बढाउनु पर्ने हुन्छ । जहिले पनि आफुलाई मात्र नसोची मसँग मेरो परिवार समाजले पनि म बाट केहि न केहि अपेक्षा गरेको छ है भन्ने चिन्तनको विकास गरेर अगाडी बढ्ने सोचको विकास गर्नु पर्छ । आत्म विश्वास, आत्म सम्मान गर्दै आफुलाई माया गर्न सिक्नु पर्छ । तब मात्र हामी आत्म हत्याको क्षणिक भुतबाट टाढा भागेर परिस्थिती अनुसार रमाउन सकिन्छ । आत्महत्याबाट टाढा रहन सकिन्छ ।

वि.सं.२०७४ कात्तिक ९ बिहीवार ०९:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD