back

वर्तालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

वि.सं.२०७४ कात्तिक १० शुक्रवार

327 

shares
GLOBAL IME AD
NTC AD

surya-pujs१० कात्तिक, विराटनगर । मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका छन् ।

जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् ।

यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुग्नुभएको छ । विगत १४ वर्षदेखि उहाँ आफ्नो घरदेखि सिंग्याहीखोलाको एक किलोमिटरभन्दा बढीको दूरी सो विधि अपनाएर पूरा गर्नुहुन्छ ।

उहाँले लगातार १३ वर्षसम्म आफ्नो परिवारको कल्याणका लागि सुतेर दण्डवत गर्दै पुजास्थलसम्म पुगेको र यसपल्ट नगरवासीको कल्याणको लागि गरिएको बताउनुभयो ।

कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो भने आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरिएको छ र भोलि उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ ।

विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला, नहरलगायत विभिन्न जलाशयहरूमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ । हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरूको उपस्थिति रहेको छ ।

वि.सं.२०७४ कात्तिक १० शुक्रवार ०४:०५ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...