१० कात्तिक, नुवाकोट । विदुर नगरपालिका–२ का पुरुषोत्तम लोहनी हराएको तीन दिनपछि मृत्त अवस्थामा भेटिएका छन् ।
सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षका लोहनी बिहिबार विदुर नपा–२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।
लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत्त देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७४ कात्तिक १० शुक्रवार ०४:०९ मा प्रकाशित