Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचन कुनै पनि हालतमा नरोकिन ः कृषिमन्त्री



१० कात्तिक, काठमाडौँ । कृषि विकासमन्त्री रामकृष्ण यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री यादवले निर्वाचन आयोग, राजनीतिक दल र नेपाली जनता सबै निर्वाचन तयारीमा जुटिसकेको अवस्थामा निर्वाचन मिति नसर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको दुवै मितिमा नै चुनाव हुन्छ, जनतालाई सहज, सुरक्षित वातावरणमा निर्धक्क भई मतदानस्थलसम्म पुगेर मत खसाल्ने वातावरण बनाउन सरकार प्रतिबद्ध भई लागेको छ ।”

उहाँले नेपाली काँग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आगामी निर्वाचनमा प्रधानमन्त्रीका रुपमा अघि सारेर जाँदा उचित हुने बताउनुभयो । “कसलाई प्रधानमन्त्रीका रुपमा लाने भन्ने आधिकारिक निर्णय त पार्टीले नै गर्ने हो तर मेरो व्यक्तिगत विचारमा भने वरिष्ठ नेता पौडेललाई अघि सार्नुपर्छ भन्ने हो, यस विषयमा पार्टीमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल बार एशोशिएसनका अध्यक्ष शेरबहादुर केसीले बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छपाइको सुनिश्चितताको कार्य प्रगतिको माग गरेकाले दुवै सभाका लागि अलग अलग मतपत्र हुुनुपर्ने कानूनमा बाध्यकारी व्यवस्था भएको उल्लेख गर्नुभयो । अधिवक्ता टीकाराम भट्टराईले अदालतले निर्वाचन आयोगसँग अलग अलग मतपत्र छाप्ने विषयमा भएको प्रगति मात्र मागेको तर चुनाव सर्ने वा मतपत्र छाप्न रोक्ने भन्ने कुनै विषय उल्लेख नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “केही व्यक्ति यही आदेशलाई टेकेर चुनाव सार्न सकिन्छ कि भनेर खेल्न खोज्दै छन् तर अदालतको आदेशले दुई वटा मतपत्र छाप्ने विषयमा भएको प्रगतिबाहेक अरु विषय बोलेको छैन ।”

बुधबार अदालतले अलग अलग मतपत्र छपाइको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ दिन निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । दुई भिन्न भिन्न ऐनबमोजिम व्यवस्था गर्नुपर्ने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि अलग अलग मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्थानुरुप मतपत्र छाप्ने कार्यमा के–कति प्रगति भएको छ भनी लिखित जवाफ माग गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू