Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

रिडी हाइड्रोले छ प्रतिशत बोनस शेयर दिने



rhd

११ कात्तिक, काठमाडौँ । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई छ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश उपलव्ध गराउने निर्णय गरेको छ । गुल्मी जिल्लाको रिडीमा कम्पनीले २.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले हाल ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको र यसै वर्ष निर्माण सम्पन्न हुनेछ । कम्पनीले बुटवलमा ८.५ मेगावाट क्षमताको ग्रिडमा जोडिने सौर्य ऊर्जा प्रणाली निर्माण गर्ने अनुमतिपत्र लिएको छ ।

सौर्य प्रणाली जडानका लागि कम्पनीले अधिकृत पूँजीमा वृद्धि गरी रु एक अर्ब पु¥याउने प्रस्ताव पारित गरेको कम्पनीको सञ्चालक समितिका अध्यक्ष बच्छराज तातेडले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू