Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्वकपको पुरस्कार राशि चालीस करोड अमेरिकी डलर पुर्याइयो



worldcup११ कात्तिक, कलकत्ता, भारत । फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशिमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बनाउने भएको छ ।

फिफाले पुरस्कार राशि बढाइएको विषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।

ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।

विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए ।

विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्रसम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मूल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।

त्यसैगरी परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकपलगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ ।

सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा शुरु भै जुलाई ७ मा सकिने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु