back

वाइसिएलको देशभर एकैदिन वार्ड सम्मेलन

वि.सं.२०७४ कात्तिक ११ शनिवार

432 

shares

ycl-wada-samelan
११ कार्तिक, काठमाडौं । देशैभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन एउटै समयमा वडा सम्मेलन सम्पन्न गर्दै नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)ले आज देखि चुनावी अभियान थालेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्येनजर गर्दै वाइसिएलले आज देशभरका वडा सम्मेलन सम्पन्न गरेको हो ।

१ बुथ १०० युथको नारा सहित वाईसिएल नेपालले देशैभर युवा परिचालन गर्ने निर्णय गर्दै उक्त निर्णयलाई कडाइका साथ कार्यन्वयन गर्न आज देखि नै कामको थालन गरेको बताइएको छ । वाइसिएल नेपालका प्रचार विभाग प्रमुख पुष्प ओलीका अनुसार छठ पर्वका कारण तराईका केही वडा वाहेक देशका सवै वडामा सम्मेलन भव्यताका साथ सम्पन्न भएका छन् ।

सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई आजै देखि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाइ जिताउन चुनावमा होमिन वाइसिएल अध्यक्ष राम प्रसाद साप्कोटा दिपशीखाले निर्देशन दिईसकेको ओलीले बताए ।

गणेशमान पुनको प्रमुख आतित्थ्यमा काठमाडौं महानगर १५ को वर्डा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लक्षमण भुसालको संयोजकत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको छ । त्यस्तै काठमाडौं जिल्ला अध्यक्ष शिशिर तामाङ र जिल्ला सह सचिब धिरज उपरकोटीको उपस्थितिमा महानगरको वार्ड न २६ मा जेश लामाको अध्यक्षतामा २० सदस्यीय, वार्ड न २७ मा तिलक धितालको अध्यक्षतामा २० सदस्यीय, २८ न वार्डमा गंगा नेपालीको अध्यक्षता ४० सदस्यीय र गंगबु नगरपालिका वार्ड न ९ को अध्यक्षमा ज्ञानु सापकोटाको अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेको छ ।

त्यसैगरी वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ुदिपशीखाु को प्रुमख आतित्थ्यतामा ललितपुर महालक्ष्मी नगरपालिकाका १० वटा वार्डको संयुक्त सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले महालक्ष्मी नगरको इन्चार्जमा उमंग केसी र अध्यक्षमा राजाराम बस्नेतलाइ चयन गरेको छ । त्यस्तै वर्डाहरूको अध्यक्ष १ मा राजीब सुवेदी, २ मा विशाल पाठक, ३ मा उज्जल थापा, ४ मा साजन केसी, ५ मा रोहित श्रेष्ठ, ६ मा राकेश लामा, ७ मा दिलिप बस्नेत, ८ मा रिकेत थापा, ९ मा हरिकृष्ण पोख्रेल, १० मा विरमान तामाङलार्इ चयन गरी सम्पन्न भएको छ ।

त्यस्तै वागमती गाँउपालिकाको अध्यक्षमा रामलाल थिङ निर्वाचित भएका छन् । ललितपुर गोदावरी नगरपालिका १ मा दिनेश थापाको अध्यक्षतामा २५ सदस्य, वडा न। २ मा सुसान्त तामांग अध्यक्षतामा २५ सदस्यीय, ३ मा देवराज घिमीरे २५ सदस्यीय, ४ मा गौरब पहरी २५ सदस्यीय, ५मा अरुणिमा सिलवाल २५ सदस्यीय, ६ मा अरमान नगरकोटी, ८ मा सागर तामाङ, ९ मा दिनेश नगरकोटी, १२ मा राम महर्जन, १४ मा मनोज महर्जनका अध्यक्षतामा वडा कमिटि चयन गरेको जिल्ला अध्यक्ष धनकुमार मैनालीले बताए ।
त्यसैगरी माडी नगरपालिका इन्चार्ज हरि कृष्ण लामिछाने र सम्योजक क्षेत्र प्र। देबकोटा चयन गरेको छ । त्यसैगरी वार्ड १ मा अर्जुन पाठकको संयोजकत्वमा ३१ सदस्यीय, २ मा माधव पौडेलको संयोजकत्वमा ३१ सदस्यीय, ३ मा बिष्णु लामिछानेको संयोजकत्वमा ३५ सदस्यीय, ४ मा उमेश लामिछानेको संयोजकत्वमा ३३ सदस्यीय, ५ मा पवन बि।क। संयोजकत्वमा ५१ सदस्यीय, ६ मा अशोक पाठकको संयोजकत्वमा ३१ सदस्यीय, ७ मा नवीन अधिकारिको संयोजकत्वमा ३१ सदस्यीय, ८ मा निलकन्ठ गौतमको संयोजकत्वमा २१ सदस्यीय, ९ मा मोहन स्याङ्तानको संयोजकत्वमा ३५ सदस्यीय कमिटी चयन गरेको छ ।

उता बिनय थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न कास्कीको मादी गाउँपालिका संयुक्त वार्ड सम्मेलनले शन्तोष अधिकारी को अध्यक्षतामा २५ सदस्यीय कमिटि निर्माण गरेको छ भने रुपा गाउँपालिकाको संयोजकमा माधव पौडेललाइ चयन गरेको छ ।

बाम गठबन्धनको पक्षमा रहेका दुई वटै युवा संगठन वाइसिएल नेपाल र एमाले निकट युवा संघ नेपालको संयुक्त बैठक हिजो काठमाडौमा बसेर संगठनले लिएका निर्णयहरू कार्य क्षेत्रमा कार्यान्वयन गर्न गराउन विशेष निर्देशन समेत दिएको छ ।

संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीयआयोगका सदस्य, प्रदेशका सदस्य, केन्द्रीयविभागका सदस्य, जिल्लाअध्यक्ष सहितको ३ हजार १ सदस्यीय संयुक्तनिर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । दुबै संगठनका पदाधिकारी रहेको एक सचिवालय, दैनिक कार्य संचालनगर्न र परिचालन समितिलाई संयोजन गर्नका लागि संगठनका अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति पनि गठन गरेको छ ।

वि.सं.२०७४ कात्तिक ११ शनिवार १३:२४ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...