Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

छठ र दीपावली मनाएर फर्केका एकै परिवारका पाँचको मृत्यु



accident-dhading१२ कात्तिक, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको शनिबार बस दुर्घटनामा परी मृत्यु भएको छ ।

दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको आज बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूलीमा बस खसेपछि उनीहरूको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताए ।

राष्ट्रिय वाणिज्य बंैक, गौशाला शाखा काठमाडौँमा प्रबन्धकका रूपमा कार्यरत झासहित उहाँकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए । संजितका परिवारका पाँचजना र साला र सालीको पनि मृत्युभएको हो ।

उनीहरू राजविराजबाट छुटेको ना ६ ख १४६७ नंको सन्देश बसमा चढेर जाँदै गर्दा शनिबार बिहान त्रिशूलीमा खसेपछि बसमा सवार संजीत, उनका भाइ, पत्नी, दुई छोरा र साला, साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन् । अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू