back

मृतकका परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयलाइ अनुरोध

वि.सं.२०७४ कात्तिक १२ आइतवार

570 

shares
IME Limited
NTC AD

१२ कात्तिक, सुरुङ्गा (झापा) । प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय नरेश थापाको परिवारलाई रु दश लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

शनिबार बिर्तामोडमा बसेको सर्वदलीय बैठकले मृतकका परिवारलाई तत्काल राहतका लागि बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति झापाले रु २५÷२५ हजार र बिर्तामोड उद्योग वाणिज्य संघले रु १० हजार दिने निर्णय गरेको हो । त्यस्तै मृतककी श्रीमतीलाई नगरपालिकामा रोजगारीको व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकले योसँगै कात्तिक १० गते बिर्तामोड क्षेत्रमा घटित घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाललाई छानबिन गरी प्रहरी नियमावलीबमोजिम आवश्यक कारबाही गर्न सिफारिस गर्ने, मृतक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युका सम्वन्धमा सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुसन्धान सुरु गर्नेलगायत निर्णय भएको छ ।

त्यस्तै असोज १४ र कात्तिक १० मा घटित घटनाका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयबाट गठित छानबिन समितिलाई सबै पक्षले सहयोग गर्ने, घटनामा घाइते हुनेलाई निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गर्ने रहेका छन् ।

यसैगरी बालक सिवाकोटीको मृत्युको विषयलाई लिएर भइरहेको विरोधका कार्यक्रम तत्काल स्थगित गर्ने र बिर्तामोड नगरपालिकामा हालको असामान्य अवस्थालाई सामान्यीकरण गर्न सम्बन्धित राजनीतिक दल जन प्रतिनिधि, संघ संस्थाहरू सञ्चारकर्मी, व्यवसायी, नागरिक समाजलगायत सबैमा अपिल गरिएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर थापाको शुक्रबार मृत्यु भएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, प्रहरी उपरीक्षक विष्णु केसी, बिर्तामोड नगरपालिकाका प्रमुख ध्ुवकुमार सिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईलगायतको उपस्थिति थियो ।

यता शुक्रबार दिउँसोबाट लगाइएको निषेधाज्ञा भने अझैं हटाइएको छैन । निषेधाज्ञा हटाइने विषयमा पुनः सुरक्षा समितिको वैठक बसेर निर्णय गरिने बताइएको छ ।

वि.सं.२०७४ कात्तिक १२ आइतवार ०३:४७ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...