ओमान । ओमानको सलालाहबाट एक नेपाली चेलिलाइ उद्वार गरिएको छ ।
राजधानी मस्कटबाट करिब १ हजार ४० किलोमिटरको दुरिमा रहेको सललाहबाट कैलाली घर भएकि बिमला घर्ति मगरलाई उद्वार गरि नेपाल पठाइएको छ ।
गैरआवासिय नेपाली सामाजिक क्लब क्षेत्रीय समन्वय परिषद् सल्लाहकार सहकोषाध्यक्ष गिता थापाले विचल्लीमा परेकी नेपाली चेलि बिमलालाई उद्वार गर्नु भएको हो । यस्तो सराहनीय काम गर्ने साहसी महिला गिता थापासंग हामीले कुराकानी गरेका छौं ।
‘ओमानको सलालाहस्थित लुलु हाइपर मार्केटमा घुम्न जाँदा बिमला घर्ती मगर नाम भएकी घर कैलाली बताउने नेपाली चेली जो पहिले मस्कटमा काम गरि २ वर्ष बिताएर सललाहमा नयाँ भिसा बनाइ १ बर्ष सललाहको अल सादामा काम गरिन्, थापाले भन्नु भयो ‘साथीहरूको लहलहैमा परि मालिकको घरबाट भागेर विचल्लीमा परेको अवस्थामा म संग भेटिन् । र मैले स्पोन्सर (अरबाब) संग सम्पर्क गराइ आफनो पैसाले टिकट काटेर व्यत्तिगत रूपमा अरबाबको सहयोगमा नेपाल पठाए । तर, केही दलालहरूले मलाई घरबाट महिला कामदार भगाउने हो ? भनेर फसाउन खोजे तर अरबाबको सहयोगले गर्दा यहाँको प्रशासनको कर्बाहीबाट बचे ।’ ’
यसरी विदेशमा आएर आफनो काम व्यस्तताका बाबजुद पनि अरूलाई समस्यामा परे पछि सहयोग गर्दा आफूलाई झुठो आरोप लगाएर फसाउन खोजेकोमा थापाले दुःखका साथ गुनासो गर्नु भएको थियो । पिडित महिला घर्तीमगरलाई २०१७ अक्टोबर २५ तारिक बुधबारका दिन सकुशल नेपाल पठाइसकिएको गिता थापाले जानकारी गराउनु भएको हो ।
वि.सं.२०७४ कात्तिक १२ आइतवार ०४:२९ मा प्रकाशित