Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

लालिगामा वार्सिलोनाको अर्को जित



messi

१२ कात्तिक, एजेन्सी । लिग लिडर वार्सिलोनाले लालिगामा हिजो राति एथ्लेटिक बिल्बाओलाई उसकै घरेलु मैदानमा हराएको छ ।
बिल्बाओको घरेलु मैदानमा     भएको खेलमा वार्साले बिल्बाओलाई २ -० गोल अन्तरले हराएको हो । वार्साको जितमा लिओनल मेस्सी तथा पौलिन्होले गोल गरे ।
खेलको ३६ औ मिनेटमा मेस्सीले गोल गर्दै वार्सालाई अग्रता दिलाएका थिए । विपक्षी टोलीले गोल गर्ने थुप्रै प्रयास गरेतापनि जर्मन किपर स्टेगेनले विल्वाओको गोल गर्ने थुप्रै प्रयास असफल बनाएका थिए । उनले वल्बाओका स्ट्राईकर आडुरिजले गोलका लागि गरेका राम्रा प्रयासहरुलाई पटक पटक विफल तुल्याइदिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
यस्तै   ब्राजिलियन मिडफिल्डर पौलिन्होले खेलको अन्तिम समयमा गोल गर्दै वार्सालाई जित दिलाए ।
जितसँगै बार्सिलोनाको १० खेलमा २८ अंक रहेको छ । वार्साले १० खेल मध्ये ९ खेलमा विजयी तथा १ खेलमा बराबरी हुदैँ लिगमा अपराजित रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला