
१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनको पदाधिकारी बैठकले बुद्धिजीवी परिषद्सँग संयोजन समिति बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
कार्तिक ११ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिशडाँडामा बसेको पदाधिकारी सहितको विस्तारित बैठकले नेपाल बुद्धिजीवी परीषद्सँग यसअघि गरिएको संयुक्त विज्ञप्तिमा भएको भावना अनुसार केन्द्र, प्रदेश र स्थानीय तहमा संयोजन समिति बनाउँदै जाने, निर्वाचनमा वाम गठबन्धनलाई विजय गराउन रचनात्मक गतिबिधिहरु संचालन गर्ने लगायतका निर्णय गरेको छ । बैठकले केन्द्रीय अध्यक्ष नरेश भण्डारीको विजयलाई सुनिश्चितताको कामना गरेको छ । साथै उपाध्यक्ष नमराज पुरीको असामयिक निधनमा गहिरो श्रदान्जली व्यक्त गरेको छ ।
फ्याक्सन इन्चार्ज दिनानाथ शर्माको प्रमुख आतिथ्यता, माओवादी केन्द्रका नेता लिलामणी पोखरेलको विशिष्ठ आतिथ्ता, कार्यबाहक अध्यक्ष नन्द कुमार थापा मगरको अध्यक्षता र महासचिव कृष्ण केसीको संचालनमा सम्पन्न उक्त बैठकमा उपाध्यक्ष नीलकण्ठ तिवारीले स्वागत मंतव्य व्यक्त गरेका थिए ।
बैठकमा प्रदेश नं १ का इन्चार्ज राम बहादुर थापा, २ वाट उपाध्यक्ष विन्देश्वर महतो, ३ वाट सचिव भरत शर्मा, ४ वाट प्रदेश संयोजक शंभु बहादुर अधिकारी, ५ वाट संयोजक द्रोण सुवेदी, ६ वाट इन्चार्ज जीत बहादुर राना र ७ बाट प्रदेश संयोजक कौशल्या ओझाले प्रदेशगत रिपोर्टिङ गरेका थिए । कार्यक्रममा वर्तमान राजनैतिक परिस्थिति, बुद्धिजीवीहरुको दायित्व, वाम गठबन्धनको पृष्ठभूमि र कम्युनिष्ट आन्दोलनको एकताका बारेमा प्रशिक्षण दिईएको थियो ।