Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

नयाँ स्कुलको नाम यसरि राखिन्छ स्पेनमा



photo1

 १२ भदौ । स्पेन सामुहिक कार्य विकासको भावना बिकास गर्न , एक परियोजना को प्रस्तुत र रक्षा गर्ने उत्प्रेरणा जागृत गर्न र प्रजातान्त्रिक चयन प्रक्रिया मार्फत स्वतन्त्रताको अनुभूति गराउदै स्पेनको अल्तिया क्षेत्रका प्रत्येक सार्वजनिक विद्यालयको प्रतिनिधित्वमुलक बहस मार्फत शिसु स्कुलको नाम राख्ने कार्य सम्पन्न भएको छ ।

जसमा नगरपालिकाका शिशु र प्राथमिक विद्यार्थीहरूले दुई हप्ताको लागि एउटा नयाँ नर्सरी विद्यालयको नाम दिन सफल भएका छन् । प्रस्तावित नाम “मिनी-मोन”, “सेइप एल ओलाकि”बाट चयन गरिएको छ । त्यो नाम जुराउने “सेइप एल ओलाकि” कक्षा सातमा अध्ययनरत नेपाली छात्रा सेजल कंडेल थिइन । उनले जुराएको त्यो नाम उनको समुहले छनौट समुहमा प्रस्ताब गरेको थियो । त्यो नयाँ नर्सरी स्कुलको नाम राख्न नगरपालिका भित्रका बिद्यार्थीहरु बीच विभिन्न समूह बनाइ नाम राख्ने प्रतियोगिता गराइएको थियो । जसमा उत्कृष्ट नाम राख्ने प्रतियोगीलाई पुरस्कारको समेत ब्यबस्था गरिएको थियो । अक्टोबर २६ तारिकको बिहान सोशल सेन्टरको सार्वजनिक सभामा आयोजित एक समारोहमा, अल्तियाका पाँचवटा स्कूलका प्रत्येक दुई समूहहरूले यस आयोजित प्रतियोगिताको अन्तिममा आफ्नो नाम र लोगो प्रस्तावहरू प्रस्तुत गरे। शिक्षा विभागको नया नाम राख्ने उद्देश्य अनुशार उच्च प्राइमरी र प्राइमरीका विद्यार्थीहरूले नर्सरीको नाम तय गरे, जुन अहिलेसम्म “एल ‘एस्कोलेता » को रूपमा चिनिन्थ्यो। छनौट समितिका वकिल , प्रत्येक राजनैतिक समूहको प्रतिनिधि, माइगुल हेर्नान्देज विश्वविद्यालयका फाइन आर्ट्सका संस्थापक, बेलगुआरा र अल्टाशिया संस्थानका निर्देशकहरू र स्थायी एडल्ट स्कूलको प्रतिनिधिले अन्ततः यो परियोजनाको छनौट गरेका थिए। सीईआईपी एल ओ ओलाको दोस्रो प्रिमियरको टोली जसले “मिनी-मून” प्रस्ताव गरेको थियो।

photo

पन्ध्र दिनको लागि, 3 देखि ११ वर्षसम्मका विद्यार्थीहरूलाई आफ्ना कक्षाको समूह बनाएर नयाँ स्कुलको लोगो र नामको लागि छलफल गराइयो । उनीहरुले नाम र लोगोको बारेमा स्वतस्फुर्त बहस गरे । प्रत्येक टिमले एउटा एउटा नाममा बिना दवाब सहमति कायम गरे । त्यहि सहमतिको नाम निर्णायक टोलिलाइ प्रस्तुत गरियो । शिक्षा परिषदका काउसिलर विसेन्टा पेरेज बारबरले भने “आज विद्यालय समुदायको बीच प्रतिस्प्रधाको प्रजातान्रिक प्रक्रिया मार्फत नयाँ स्कुलले नयाँ नाम पाएको छ” उनले थपे “नर्सरीको लागि एक नाम र एक लोगो खोज्नुलाई पनि शैक्षिक प्रतियोगिताको भागमा राखियो । धेरै छात्र छात्राहरुले ब्यापक रुपमा बहसमा भाग लिए । त्यो बिध्यार्थिलाई सानै देखि पूर्ण जिम्मेवारी पुर्वक स्वतन्त्रताको अभ्यास गराउने कलाको बिकास हो । त्यसले उनीहरु हरेक कुरामा सामुहिक कार्यको लागि अभ्यस्त र जवाफदेही बन्दै जान्छन । ” अन्तमा २६ अक्टोबरको दिन आफ्नो कार्यको प्रतिफल सुन्न सोसल सेन्टरको हल भिडले खाचिखाचाउ भयो । नाम प्रस्ताब गर्ने सबै टिमका सहभागीहरुलाई आफ्नो नाम, टिम र प्रस्ताब सहित भीआइपी निर्णायक मण्डल समक्ष बोलाइयो । सबै बिध्यार्थीहरुले आफुले प्रस्ताब गरेको नामको अर्थ, सान्दर्भिकता र उपादेयताको बारेमा विश्लेषण सुनाए ।त्यो कार्यक्रम एक शेक्षिक प्रतियोगिताकै रुपमा संचालन भयो । निर्णायकले सबैको बिचार सुनिसकेपछि एक घण्टासम्म परियोजनाको ‘गुणवत्ता र रचनात्मकता”को बारेमा बहस सुनाए । सबै प्रस्तावित नामको लागि अन लाइन भोटिंग भयो । सजलको प्रसाबित नाममा अत्याधिक मत पर्यो । अन्तमा निर्णायक मण्डलले सबैको मतलाई कदर गर्दै नयाँ नर्सरी स्कुलको नाम «मिनी-मोंन» अर्थात “शिशु संसार” उपयुक्त हुने निर्णय सुनाए । सहभागी बिद्यार्थीहरुलाई एक सय युरो र विजित टिमका बिध्यार्थिहरुलाई तीन सय युरो र प्रमाणपत्र वितरण गरि कार्यक्रमको समापन भयो । विजित टिमको नेतृत्व गरेकी सेजल कंडेललाई समारोहमा बिषेस सम्मान गरियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको