Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

बसन्त र मुनाको बिदाईमा शुन्यता छायो अनि देवकोटालाई सम्झियौं



basanta-and-muna-bidai-2

मस्कट ओमन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमन च्याप्टरले २७ अक्टोबरका दिन लक्ष्मी जयन्ती एबम श्रष्टा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

मस्कटको मदिना काबुसस्थित होटेल हाईएष्ट माउन्टेनमा दिलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानको बरिस्ठ सल्लाहकार, पत्रकार, उपन्यासकारका साथै समाजसेवी वसन्त नेपाल र ओमनमा अभिनय र साहित्यलाई सहयात्री बनाई अभिनय र साहित्य सृजना गर्दै आउनुभएकी समाजकी कोषाध्यक्ष समेत रहनुभएकी मुना नेपाल श्रेष्ठ ओमान छाडी नेपाल फर्कन लाग्नु भएकोले उहाँहरुको सम्मानमा बिदाई कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको सञ्चालन समाजका महासचिब सुशील पुन बिरहीले गर्नुभएको थियो । सो अवसरमा स्थानिय संघसंस्थाहरु प्रवासी नेपाली मञ्च ओमन, नेपाली समाज ओमन, नेपाल मगर संघ, एबम ओमन नेपाली एकता समाज लगायत अन्य संस्थाका प्रतिनिधि प्रमुखहरुको पनि उपस्थिती रहेको थियो ।

basanta-and-muna-bidai-1

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी मञ्च ओमनका उपाध्यक्ष रामहरि गिरीले लक्ष्मीप्रसाद देबकोटाको योगदानको चर्चा गर्नुभयो । उहाँले देवकोटाका कृतिहरु र उहाका रचनाहरुले समाज परिवर्तनमा ठूलो भुमिका रहेको बताउनु हुदै यसरी नै साहित्य सृजना गर्न सुझाब दिनुभएको थियो । उहाँले ओमानबाट नेपाल बिदाइ हुन लागेका बसन्त नेपाल र मुना श्रेष्ठ नेपालको जोडिले स्वदेश गएर पनि नेपाली साहित्यलाई बिकास र सम्बर्धनको लागि निरन्तर लाग्नु हुने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली समाज ओमनका किरण राई, नेपाल मगर संघका कर्ण दर्लामी, ओमन नेपाली एकता समाजका प्रतिनिधि एबम पत्रकार शालिकराम आचार्य, समाजसेवी तोलाकान्त भट्टराई लगायतले कार्यक्रमका बारेमा प्रकाश पार्दै वसन्त र मुनाको बारेमा बिदाईका शब्दहरु अर्पण गर्नुभएको थियो । नेपाल जोडीको बिदाइमा शुन्यता छाएको थियो ।

नेपाली समाज ओमनका अध्यक्ष गजलकार, गायक युगेश बानु राईले पनि समाजको तर्फबाट बोल्नुहुदै उहाँहरु दुबैजनाको स्वदेश परागमनले समाजलाई घाटा पुग्ने भएपनि उहाँहरुले नेपालभित्रबाट पनि सहयोग गर्ने कुरामा बिश्वस्त रहेको बताउदै उहाहरुको यात्रा सफलताको कामना गर्नुभएको थियो ।

समाजका अध्यक्ष दिलप्रसाद पौडेल र समाजसेवी तोलाकान्त भट्टराईद्वारा वसन्त नेपाल र मुना नेपाललाई खादा ओढाएर सम्मान गर्दै कदरपत्र हस्तान्तरण गरिएको थियो । सम्मान ग्रहण गर्दै श्रष्टाद्वय नेपालले आफुहरुलाई यहाँ रहुन्जेलसम्म यतिधेरै माया, ममता र स्नेहको बगैचाभित्र लटरम्म फुल्नको लागि साथ समर्थन र सहयोग गर्नुहुने सबै संघ संस्था एबम शुभचिन्तक सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सदा सर्वदा यहाहरुकै समिपमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

लक्ष्मी जयन्तिको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा करीब आधा दर्जन श्रष्टाहरुले रचना बाचन गरेका थिए भने कार्यक्रमको समापन समाजका अध्यक्ष पौडेलले गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ