Logo
२१ माघ २०७९, शनिबार
     Sat Feb 4 2023
E-paper
  English Edition
   Unicode
Logo

एसिया कपका लागि यू–१९ क्रिकेट टोलीको घोषणा



cricket१२ कात्तिक, काठमाडौँ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज नेपाली टोलीको घोषणा गरिएको छ ।

नोभेम्बर दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजुुको छनोट समितिले खेलाडी छनोट गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये अन्तिम टोलीको घोषणा गरिएको हो । छनोट गरिएका अन्य खेलाडीमा रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन शर्राफ, आसिफ शेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की, राशिद खान र जितेन्द्र सिंह रहेका छन् । यस्तै सन्दिप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी र विजय चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।

नेपाली युवा टिम सोमबार बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको यू–१९ टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ । एसिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ सम्म हुनेछ । सो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठवटा देशको सहभागिता रहने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको