back

मकाउ ओपन इन्टरनेशनल च्याम्पियनसिप उद्घाटन सम्पन्न

वि.सं.२०७४ कात्तिक १३ सोमवार

303 

shares
GLOBAL IME AD
NTC AD

मकाउ ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप २०१७ को  उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
२८ अक्टोबरका दिन सम्पन्न उक्त च्याम्पियनशीप कार्यक्रममा मकाउ, हङकङ, मलेशिया, चीन, ताइवान, फिलिपिन्स, भारत लगायतका खेलाडीहरुको सहभागीता रहेको थियो ।

च्याम्पियनको उद्घाटन समारोहमा प्रमुख अतिथि मकाउ तेक्वान्दोका अध्यक्ष mr. Willam हङकङ नेपाल तेक्दो संघका अध्यक्ष तुलसी गुरुङ, टप बिल्डर्स कम्पनीका M.D. mr forest tang नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष शुदर्शन थापा र अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

m1
उक्त उद्घाटन समारोहमा खेलाडीहरुको स्वागतका लागि विभिन्न खेल तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने मकाउमा कार्यरत नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
मकाउमा नेपाली टिमबाट पनि भाग लिएर नेपालीहरुको राम्रो छबि बनाइ नेपाल र नेपालीको परिचय दिइएको थियो । सो अवसरमा गोपाल भण्डारी , राजु नगरकोटी र संजिव नेपालीले खेलमा राम्रो प्रस्तुति दिएका थिए ।

m4
एनआरएन ए तथा जनसम्पर्क समितीको निबर्तमान अध्यक्ष, जनसम्पर्क समितीको संस्थापक सभापती एन आरएन ए को अध्यक्ष तथा सचिब, अन्तराष्टिय नेपाली समाजको संयोजक, जनसम्पर्क समितीको सभापती एजुकेटिभ सदस्य, मकाऊको खेलाडी साथीहरू र बिभिन्न क्यासिनो होटल र सप्लायर्स कम्पनी मा कार्यरत साथीहरूको राम्रो ऊपस्थित रहेको थियो ।
नेपालबाट आएका खेलाडीहरुको बाक्लो उपस्थिति रहेको उद्घाटन समारोहमा तेक्वान्दो खेलका अध्यक्ष ध्रुव गुरुङ, प्रेम भण्डारी र राजीव महर्जनले खेलाडीहरुको नेतृत्व गरेका थिए ।
आइतबार भएको खेलमा १६ किमी ट्रेलर ह्याकर दौड प्रतियोगितामा महिला तर्फ शान्ति देवि अधिकारी दोश्रो भएकी थिइन् भने पुरुषतर्फ नरी चन्द सेकेण्ड भएका थिए । उनीहरुले मेडल तथा सिल्ड प्राप्त गरेर नेपाल नेपालीको प्रतिष्ठालाई उचो राख्न सफल भएका थिए ।

वि.सं.२०७४ कात्तिक १३ सोमवार ०२:५८ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...