back

निर्वाचनलाई शान्तिपूर्ण बनाउन जिल्लामा सुझाव संकलन

वि.सं.२०७४ कात्तिक १३ सोमवार

288 

shares

१३ कात्तिक, रत्ननगर, चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आइतबार जिल्लामा सुझाव संकलन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनको आयोजनामा आइतबार जिल्लाका राजनीतिक दलहरूसँग सुझाव संकलन गरिएको हो । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भयरहित र सहज रूपमा निर्वाचन सफल पार्न सबैको सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।

विगतमा स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा देखिएको समस्यालाई मध्यनजर गर्दै आइतबार दलसँग सुझाव लिइएको चितवन निर्वाचन क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताउनुभयो ।

सो क्रममा दलले भरतपुर महानगरमा मतपत्र च्यातिएको घटना स्मरण गराउँदै यसतर्फ गम्भीर हुन सुझाव दिएका छन् ।

यस्तै, उनीहरूले विगतमा सूचना प्रणाली व्यवस्थित नभएको, सूचनाबाहिर र भित्र फरकफरक आएको र सहकार्य नहुँदा धेरै कमीकमजोरी रहेको औँल्याएका थिए ।

नेपाली काँग्रेस चितवनका प्रतिनिधि भूपतिदास सापकोटाले सूचना प्रणालीलाई व्यवस्थित गर्न माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का चितवन इञ्चार्ज ईश्वरी भट्टराईले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्न निर्वाचन कार्यालयले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सूचना प्रणालीलाई व्यवस्थित गरी पत्रकारलाई गुनासो नआउने गरी काम गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

सो क्रममा नेपाली काँग्रेसका सचिव राजीव न्यौपाने तथा भूपतिदास सापकोटा, नेकपा –एमा)लेका प्रतिनिधि जगन्नाथ भण्डारी, माओवादी केन्द्रका नेता नारायण दाहाल तथा जिल्ला इञ्चार्ज सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष बद्री तिमिल्सिनालगायत विभिन्न पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।

चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले २०४३ सालदेखि नै निर्वाचन कार्यक्रममा आफू सरिक हुँदै आएको र २०५१ सालदेखि नै निर्वाचन अधिकृतको जिम्मेवारी जिएर काम गर्दै स्मरण गराउँदै निर्वाचनमा विवाद आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा यही कात्तिक १६ गते हुने मनोनयन दर्ताका विषयमा समेत छलफल भएको थियो । स्थान साँघुरो भएकाले व्यवस्थित रूपमा मनोनयन दर्ता गराउन सुरक्षा निकायसँग समेत समन्वय भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसिर २१ गते चितवनमा तीनवटा निर्वाचन क्षेत्रमा नौ जना प्रतिनिधिका लागि चुनाव हुँदैछ । जिल्लामा ४०८ मतदान केन्द्र तय गरिएको छ । जिल्लामा कूल तीन लाख ५४ हजार ३६ मतदाता छन् ।

उम्मेदवारको टुंगो नलाग्दा जिल्लामा अझै चुनावी कार्यक्रम तीव्र गतिमा हुन सकेको छैन ।

वि.सं.२०७४ कात्तिक १३ सोमवार ०३:१२ मा प्रकाशित

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ...

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा)...

जलवायु परिर्वतनको कारण जोखिममा हिमाली क्षेत्र

जलवायु परिर्वतनको कारण जोखिममा हिमाली क्षेत्र

फुङ्लिङ । जलवायु परिर्वतनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको...

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै ७० वर्षीय राना

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै ७० वर्षीय राना

कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै...

मधेसका पत्रकार चुनावमा व्यस्त

मधेसका पत्रकार चुनावमा व्यस्त

महोत्तरी । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर...

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी...