अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१७ मा नेपाललाई ५ स्वर्ण पदक प्राप्त भएको छ । टोली नेता एवं राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीका अनुसार सुक्र बहादुर बि।क।ले ६३ केजी तौल समूहमा स्वर्ण हात पारेका हुन् ।
यस्तै अन्य स्वर्ण दिलाउनेमा ४९ केजीमा विनिता घिमिरे, ५१ केजीमा करण कोईराला, ४५ केजीमा मदन बि।क। र ६८ केजीमा संजय पुन रहेका छन् । यस्तै नेपाललाई पदक जोड्ने क्रममा ५३ केजीमा सुनिता तामाङ्ग र ५८ केजीमा विकास गौतमले रजत तथा ५४ केजीम रोशन नेपालीले कास्य पदक जोडेको नेता कार्कीले मकाउबाट जानकारी गराए । नेपाली टोलीको टिम प्रशिक्षकमा बरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ्ग, टोली ब्यवस्थापकमा हरिबहादुर थापा रहेका छन् ।
वि.सं.२०७४ कात्तिक १३ सोमवार ०३:१९ मा प्रकाशित