
१३ कात्तिक, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिड यति बेला घरेलु लिग लालिगामा निकै खराब लयबाट गुज्रिएको छ । गत सिजनको च्याम्पियन्स रियल म्याड्रिड यो सिजन मात्रै लालिगामा बढुवा भएको गिरोनासँग पराजित हुनुले रियल म्याड्रिडको खराब नतिजालाई प्रष्ट पारेको छ । हिजो भएको गिरोनासँगको खेलमा रियलले उसकै घरेलु मैदानमा हार बेहोर्दै लालिगाको अव खेलमा अपराजित रहेको रेर्कड समेत गुमाउन पुग्यो । यति बेला रियलका प्रशिक्षक जिनेदिन जिदान समेत निकै दवावमा रहेका छन् । आखिर रियल किन खराब लयबाट गुज्रिएको छ त ? किन कमजोर प्रतिद्वन्दी सँग समेत हार बेहोरेको छ । चौतर्फी चासोको विषय बनेको छ ।
च्याम्पियन्स लिगमा स्तरीय प्रदर्शन गर्दै आएतापनि घरेलु लिगमा भने खराब नतिजाबाट गुज्रनुको मुख्य कारण भने रियलको आक्रामक लाईन कमजोर हुनु हो । गत सिजन ग्यारेथ बेल, रोनाल्डो तथा बेन्जेमाले आक्रामक लाईन सम्हालेका थिए । यस्तै स्टार स्ट्राईकर अल्भारो मोराटाले निकै राम्रो प्रर्दशन गर्दै जिदानको रोटेसन पोलिसीलाई मजबुत बनाएका थिए । तर यस सिजन भने मोराटाको चेल्सी प्रस्थान तथा बेलको चोटको कारण अपेक्षाकृत प्रर्दशन भएको छैन् । स्टार फरवार्ड रोनाल्डो फर्ममा नहुनुले पनि रियलको अग्रपंक्ति रोनाल्डोमा कति निर्भर रहेको छ भन्ने प्रष्ट देख्न सकिन्छ ।
यस्तै भेट्रान डिफेन्डर पेपेको प्रस्थानले पनि रियलको रक्षात्मक लाईन धराशायी बन्दै गएको छ । गत सिजन निकै फर्ममा रहेका सर्जियो रामोश फर्ममा नहुनुले पनि रियललाई थप कमजोर बनाउदै गएको छ । यति बेला रियल लिग लिडर वार्सिलोना भन्दा ८ अंक् पछि परिसकेको छ । यस अवस्थामा उपाधि होडलाई निरन्तर दिन रियलले निकै संघर्ष गर्नुपर्ने देखिन्छ । तर १० औ चरणको खेल खेलिदै गर्दा उपाधि होडको छिनोफानो भने आजै गर्न सकिन्न ।