Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

‘नेपाली कविता कुञ्ज’ को लोकार्पण



Kavita-kungh-1
कृष्णप्रकाश श्रेष्ठ
रूसी भाषामा प्रकाशित ‘नेपाली कविता कुञ्ज’ को विमोचन काठमाडौँमा गरिएको छ । विश्व नेपाली साहित्य महासंघ, नेपाल रूस साहित्य समाज तथा रूसी विज्ञान तथ संस्कृति केन्द्रको संयुक्त आयोजनामा आयोजित समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुस्तकको विमोचन गर्नु भएको हो । प्रमुख अतिथि कुलपति उप्रेतीले कार्यक्रमको सराहना गर्दैे अनुवादमार्पmत् नेपाली कवितालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन र संसारमा भएका नवीन चीजहरूको बारेमा हामीले थाहा पाउन अनुवादको मुख्य भूमिका रहने भएकोले ‘समकालीन नेपाली कविता रूसी भाषामा अनुवाद भएर आउनु एउटा सुखद संयोग हो’ भनी जोड दिनुभयो ।

अन्तरिक्षमा पहिलो भई गुञ्जेको रूसी भाषामा नेपाली कविताहरूको संकलन विश्व नेपाली साहित्य महासंघले ‘नेपाली कविताकुञ्ज’ शीर्षकमा प्रकाशमा ल्याउने निर्णय लिएअनुसार नेपाली तथा रूसी कवि एवं अनुवादकहरूको संयुक्त श्रमको प्रतीकको स्वरूप ‘नेपाली कावता कुञ्ज’ शीर्षकमा समसामयिक नेपाली कविताहरूको संकलन रूसी भाषाभाषी पाठकवृन्दसमक्ष प्रस्तुत गर्ने सौभाग्य पाइएकोमा मलाई अनुपम आनन्दको अनुभव भइरहेको छ ।

Kavita-Kunj-2

विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई छिमेकी  देश (चीन र भारत) लगायत संसारका विभिन्न भाषाहरूमा अनुवाद गर्ने योजना रहे पनि प्राविधिक कठिनाई भोन्दाभोग्दै पनिरूसमा आधा शताब्दीभन्दा बढी समयदेखि बसोवास गरिरहनुभएका वरिष्ठ साहित्यसेवी कृष्णप्रकाश श्रेष्ठको सहयोगबाट यसको आरम्भ रूसी भाषाबाट गर्न पाइएकोमा गर्वानुभूति भएको बताएका थिए भने नेपाल रूस साहित्य समाजका अध्यक्ष डा. जंगब चौहानले आपूm रूस भ्रमणमा रहेको समयमा यस प्रकृतिको पुस्तक तयार हुँदै गरेको जानकारी पाएको र त्यसको विमोचन नेपाल रूस साहित्य समाजले गर्ने योजना बनाएअनुरूप प्रस्तुत पुस्तक विमोचन भएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा ‘नेपाली कविता कुञ्ज’ मा समाविष्ट कविताका कतिपय स्रष्टा–कवि बिक्रम सुब्बा, मोमिला जोशी, जंगब चौहानलगायत डा. अशोक थापा, विष्णुबहादुर सिंह, चन्द्रकान्त आचार्य, जुजुकाजी रन्जित, कुलबहादुर थापा प्रभृतिका साथै रूसी विज्ञान तथा संस्कृति केन्द्रका उपनिर्देशक आन्तोन मास्लोभको पनि उपस्थिति रहेको थियो ।

यहाँनेर नेपाली पाठकवृन्दलाई स्वदेश र विदेशमा रहेका विभिन्न पुस्ताका ५१ जना नेपाली कविहरूका कविता समावेश गरिएको प्रस्तुत विमोचित ‘नेपाली कविता कुञ्ज’ को संक्षिप्त परिचय दिनु अत्यावश्यक ठान्दछु । रूसी भाषामा प्रकाशित प्रस्तुत समसामयिक नेपाली कवितासंग्रह दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा नेपालका केही प्रख्यात कविहरूका साथै विश्व नेपाली साहित्य महासंघका प्रतिनिधि कविहरूका समेत गरी ३० वटा कविता परेका छन् भने दोस्रो खण्डमा चाहिं सन् २०१४–२०१५ मा विश्व नेपाली साहित्य महासंघको तत्वावधानमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोनितामा उत्कृष्ट स्थान प्राप्त गर्ने २१ वटा कविता समाविष्ट छन् ।

दुईपटक (सन् १९५८ र १९८४) सोभियत संघको यात्रा गर्ने नेपालका स्वनामधन्य राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘घामपानी’ कविताबाट यस कवितासंग्रहको शुभारम्भ गरिएको छ (प्रसंगवश के पनि बताएहालौं भने हाम्रा राष्ट्रकविका कतिपय कविताहरू रूसी भाषामा प्रकाशित भइसकेका छन्) । तत्पश्चात् क्रमशः बैरागी काइँला (पराजयको एक दिन), झमक घिमिरे (आनन्द), मोमिला जोशी (मान्छेको भगवान्), बिक्रम सुब्बा (दाइजो कविता), दुबसु छेत्री (हनुमान), श्रवण मुकारुङ (बिसे नगर्चीको बयान), डा. कविताराम श्रेष्ठ (नाङ्गै पदार्पण मात्र गरी हेर !), विश्वासदीप तिगेला (पूजनीय बुबाप्रति), सुरेन्द्र लिम्बू ‘परदेशी’ (चाँडै फर्कन्छु), डा. लेख्नाथ काफ्ले (भूलोकको गीत), केदार सङ्केत(महारानी हजुरीः ब्रिटिश महारानीको ९०औँ जन्मदिनको शुभकामनासहित), खगेन्द्र अधिकारी अमृत (काँक्रेविहारको मुन्तिर), लक्ष्मण नेउपाने (कविताको वर्षा), देश सुब्बा (हेमिङ्वेको माछा), मनप्रसाद सुब्बा (अक्षर भइसकेकी मलाला), सुनिता राई (माटोको सुवास), सावित्रा लुइँटेल घिमिरे (मेरो देश),जानुका राई (आफ्नै देशका लागि), विजय हितान मगर (तिमीलाई कोपेनहेगनमा भेट्नुपर्ने छ :  वातावरण कविता), देन्जोमसाम्पांग (स्वीकारोक्ति), शिव गौतम (पात र बतासको कथा), वासुदेव अधिकारी (रुख र युवती), गोविन्द गिरी प्रेरणा (आमा), डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’ (नहिंडेको बाटो र नदेखेका सपनाहरू ः क्वान्टम कविता), जङ्गब चौहान (आँधीमय एउटा गीत), कृष्णप्रकाश श्रेष्ठ (अमृतको बुटी र चन्द्रमा), डा. मनमूर्ति भुर्तेल (बुद्ध जन्मेको देशमा आजका स्वरलहरीहरू), गोविन्दप्रसाद गौतम (जन्मभूमि फर्कनुअघि), दिगम्बरप्रसाद भट्ट (हाँसेरै बाँच्नु पर्ने) प्रभृतिका कविताहरू समाविष्ट छन् भने दोस्रो खण्डमा चाहिं प्रतियोगितामा प्रथम हुने शन्देश सुब्बाको कविता ‘सिकर्मी’ बाट प्रारम्भ गरी क्रमशः २० जना युवा कविका कविताहरू दिइएका छन् र अन्त्यमा मैथिली भाषाकी कवयित्री पूनम ठाकुरकृत ‘मिथिला–माताको व्यथा’ शिर्षकको कविताद्वारा संग्रहको समापन गरिएको छ । प्रत्येक कविताको शीर्षस्थानमा त्यसका स्रष्टाको तस्बीर राखिनुका साथै रूसी पाठकवृन्दलाई कवितामा प्रयुक्त नेपालको विशिष्टतामूलक शब्दहरूको अर्थबोध गराउने उद्द्श्यले पादटिप्पणी दिनुका अतिरिक्त पुछारमा समेत छोटो व्याख्यासहित शब्दानुक्रमणिका पनि समावेश गरिएको छ ।

वितासंग्रहको पुछारमा रूसी भाषामा श्लोकबद्ध अनुवादकर्ता कृष्णप्रकाश श्रेष्ठका साथै सहयोगी रूसी कवयित्रीहरू ल्युदमिला आभ्देएभा, तामारा पोत्योम्किना, ल्युदमिला साल्तिकोभा, ताच्याना चेग्लोभा (साहित्यिक नाम चे) एवं कविद्वयइगोर एलिसेएभ र भ्लादिमिर सिल्किनको समेत फोटोसहित संक्षिप्त परिचय प्रस्तुत गरिएको छ । के पनि बताइहालौं भने मेरा रूसी कवि–मित्रहरूको यस्तै निस्वार्थ सहयोगको फलस्वरूप अहिलेसम्म रूसी भाषामा भानुभक्त आचार्यका कविताहरूको संग्रह ‘लोकको गरूँ हित् भनी’, लक्ष्मीप्रसाद देवकोटाको बालकवितासंग्रह ‘सुनको बिहान’ तथा खण्डकाव्य ‘मुनामदन’, विष्णुबहादुर सिंहको कवितासंग्रह ‘कविताको रङ’ आदि नेपाली वाङ्मयका कतिपय पुस्तक तथा संकलनहरू प्रकाशित गर्न सफल भएको छु ।

यसै..कवितासंग्रहमा प्रकाशित प्राक्कथनमारूसमा गतः ६० वर्षको अवधिमा नेपाली काव्यानुवादको विकासक्रमले चार चरण पार गरेर पाँचौं चरणमा प्रवेश गरिरहेको प्रसंगअभिलेख गरिएको छ । देश–विदेशमा रहेका नेपाली कविहरूको लेखनीबाट निसृत कविताहरूको प्रस्तुत रूसी संस्करण ‘नेपाली कविता कुञ्ज’ ले रूसमा नेपाली काव्यानुवादको नयाँ चरण प्रारम्भ गर्दैछ भन्ने मेरो ठम्याइ छ ।

अन्त्यमा यहाँनेरभारतीय साहित्य र संस्कृतिकी अध्येता, रूस विज्ञान प्रज्ञा–प्रतिष्ठान प्राच्यविद्या संस्थानकी वरिष्ठ वैज्ञानिक कार्यकर्ता, इतिहासशास्त्रमा महाविद्यावारिधिको प्राज्ञिक उपाधिप्राप्त रूसी विदुषी एभ्गेनिया भानिनाद्वारा प्रस्तुत कवितासंग्रहको पाण्डुलिपि आद्योपान्त पढेरव्यक्त गरिएको उद्गारलाई ‘वर्तमान नेपालको आवाज’ शीर्षकमा लिपिबद्ध गरी यसं संग्रहको भूमिकाको रूपमा समावेश गरिएको छ । नेपाली समसामयिक कवितासंग्रहकी प्रथम रूसी पाठकको भावाभिव्यक्तिबाट उद्धृत निम्न अंश यहाँ प्रस्तुत गर्न चाहन्छु :
‘रूसलगायत पश्चिमी जगत् (अमेरिका र यूराप) का कतिपय वासिन्दाहरू के विचार गर्दछन् भने विश्वविख्यात हिमशिखरहरू, चमत्कारमयी उपत्यकाहरू, बौद्धविहार र हिन्दु मन्दिरहरूसहित नेपाल यस्तो देश हो जहाँ विस्मयकारी यात्राभ्रमण, दुर्गम पर्वतहरूमा दुस्साहसपूर्ण आरोहण वा पदयात्रा, वाह्य संसारको कोलाहलबाट टाढा रहेर आरामविश्राम र न्यासध्यानको लागि जानु उपयुक्त थलो हो । पश्चिमेली देशका पर्यटकहरू, हिप्पीहरू र बौद्धिक आत्मविकासको चाहना राख्ने जिज्ञासुहरू कल्पनाप्रसून नेपालतिर प्रस्थान गर्दछन् । एकदमै कम मानिसहरू मात्र त्यहाँका कल्पनातीत पर्वतश्रृङ्खला र चमत्कारमयी उपत्यकाहरूमा सांसारिक विषयबन्धनलाई त्यागेर बस्ने सन्यासीहरू र उपदेशक गुरुहरूको नभई त्यहाँ बसोवास गरी दुःख–सुख भोगेर कष्ट र समस्याको सामना गर्दै जीवनयापन गरिरहेका जीवन्त मानिसहरूको आवाज सुन्ने चाहना राख्तछन् वा सुन्न समर्थवान् हुन्छन् ।

नेपाली कविहरू पनि अन्य देशका आफ्ना सहकर्मीहरूले भैंm प्रेम र बिछोड, आशा र निराशा, सुख र दुःख, आफ्नो मातृभूमिको सौन्दर्य र त्यहाँ बसोवास गरिरहेका जनताको समस्याकै विषयमा कलम चलाउँछन् । सांसारिक मायामोहको भुमरीबाट सन्यासग्रहण, ‘जगत्बाट पलायन’, ध्यानको माध्यमबाट ‘अवचेतन’ को गहिराइमा निमग्नताको खोजी त जहाँ पनि गर्न सकिन्छ, परन्तु खास गरी बीसौं शताब्दीको अन्तिम दशक र एक्काईसौं शताब्दीको प्रारम्भमा कैयौं संकटमय युगान्तकारी परिवर्तन भोग्ने देशमा यो सम्भव हुँदैन । यस छोटो समयावधिमा राजपरिवारका झण्डै सम्पूर्ण सदस्यहरूको हत्या, जनआन्दोलन, राजतन्त्रको अन्त्य, प्रजातान्त्रिक गणतन्त्रको प्रसव–वेदना, सामन्तवादी समाजको आधुनिकीकरणतर्पm संक्रमण, षड्यन्त्र र छलकपटपूर्ण घृणित राजनैतिक चलखेल, विभिन्न सामाजिक समस्या र अन्ततोगत्वा हजारौं मानिसको ज्यान लिने सन् २०१५ को विनाशकारी महाभूकम्प नेपाली जनताको नियति बन्न पुगेको थियो ।

विषयवस्तु, शैली र कवित्व प्रतिभारूपी ‘लता–वनस्पति’ को विविधता नै प्रस्तुत ‘नेपाली कविता कुञ्ज’ को वैशिष्ट्य हो । कुनै कविहरूले जन्मभूमिको सौन्दर्यको गाथा गाएका छन् भने अर्का थरी कविहरूको लेखनीबाट सर्वसाधारण किसान र कामदार आदि अभावग्रस्त तर स्वाभिमानी, पुरुषार्थी, गर्विला, उदारहृदयी र जन्मजात हँसमुख देशवासीहरूको भावना मुखरित भएको छ । कोही कविहरू ग्राम्य जीवनको शान्तिमय झलक प्रस्तुत गर्न चुकेका छैनन् भने कसै–कसैको कवितामा चाहिं अन्यायप्रति विद्रोहको छनक समेत पाइन्छ ।

नेपाली कविहरूको आफ्नै साहित्यिक परम्परा छ, आफ्नै भाषा छ, आफ्नै काव्यिक प्रविधि र बिम्बविधान छ । रूसी भषामा यो सबै कुराको रूपान्तरण गर्नु अत्यन्तै जटिलतापूर्ण परिश्रम हो र साँच्चै भन्ने हो भने यो दुसाध्यप्राय कार्य हो ।… रूसी भाषाका अनुवादक–कविहरूले आफ्ना दूरवर्ती कवि–बन्धुहरूको रचनाप्रति यथोचित सम्मान र सद्भावको प्रदर्शन गर्दै रूसी भाषाभाषी पाठकलाई नेपाली काव्यको मौलिक बिम्बविधान र प्रभावोत्पादकताको अनुभव गर्ने सम्भावना प्रदान गरेका छन् । अनि सबभन्दा मुख्य कुरा के भने नेपाली कविहरूको दृष्टिको माध्यमबाट नियालेर यस सुन्दर र मैत्री राष्ट्रका जनताको हर्ष र विस्मात्, आशा, आकांक्षा र निराशाको समेत काव्यानुुभूति हासिल गर्ने सम्भावना पाइएको छ । यो नै प्रस्तुत कवितासंग्रहका प्रायोजक, संयोजक तथा अनुवादकहरूको महत्वपूर्ण देन हो र पाठकवर्गबाट यसको समुचित मूल्याङ्कन हुनेछ’ ।

फोटो सौजन्य : प्रमिला प्रधान
दिनांक : २९ अक्टोबर २०१७ (आइतवार)
मास्को, रूस महासंघ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ